आज :

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता हुने

  • बुद्धशरण शाही

काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा  प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

  महानगरपलिका प्रमुख बालेन्द्र साहले प्रतियोगिताको उद्घाटन गर्दै  मङ्गलबारबात लैनचौर फुटसल मैदानमा हुने सो प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहने आज आयोजी पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । असोज ३ गतेसम्म हुने पहिलो खेल काठमडौं महानगरपालिका र २३ वडा बीच हुनेछ ।

आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनल नेपालमा फुटसलको व्यवसायिक प्रर्वद्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रतियोगितामा किरब ३२० युवाले प्रत्यक्ष प्रतिष्पर्धा गर्ने र पाँच सय युवा परिचालन हुनेछन् ।

नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

यस फुटसल प्रतियोगितालाई सफल पार्न वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य, विशाल श्रेष्ठ र रामबहादुर रम्बा रजक रहेको छ सदस्यीय मुल समिति गठन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal