
काठमाडौँ । चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेख र बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सबैभन्दा धेरै धरौटी गुरुङसँग मागिएको छ । अदालतले गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
यी हुन् अरु रिहा हुनेहरुः
केशव तुलाधर,साधारण तारेखमा रिहा,
मीन बहादुर गुरुङ- २ करोड ४६ लाख
शिवजी भट्ट–३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
कलाधर देउजा –१५ लाख
घमन कुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १० हजार
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
लोकरि घिमिरे –७ लाख ५० हजार