आज :

ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ:मन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् ।

बुधबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिटै सरकारकै नाममा दर्ता हुने जिकिर गरे । उनले भने, ‘बालुवाटारमा ललिता निवास सरकारी जग्गा, दलाल कर्मचारी र प्रभावशाली राजनीतिक व्यक्तिहरु मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ । त्यसलाई अनुसन्धान गरेर ती व्यक्तिलाई कानूनको दायरामा ल्याउँने प्रकृया अगाडी बढाईएको छ । छिट्टै त्यो जग्गा सरकार मातहतमा ल्याउँने ठोस पहल कदमी चालिने छ र विश्वास छ । त्यो सरकारी जग्गा छिटै सरकारकै नाममा दर्ता हुने छ।’

उनले ६० किलो सुन तस्करीको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचानगरी कानूनको दायरामा ल्याई कारबाही गरिने प्रतिवद्धता जनाए । सुन तस्करी प्रकरण अनुसन्धानरत रहेको र केहि दिन भित्रमा नै निष्कर्षमा पुग्ने उनको जिकिर छ । उनले भने, ‘देशभित्र अवैध रुपमा जुन सुनको तस्करी भईरहेको छ । अहिले पछिको ६० किलो सुनको तस्करीलाई आधारीत बनाएर त्यसका अपराधीहरुको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गर्ने गरी कानूनको दायरामा ल्याएर कारबाही गर्ने प्रकृया अनुसन्धानरत छ । केहि दिन भित्रै निष्कर्षमा पुग्ने छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal