आज :

एन्फाले गर्यो फिफा विश्वकप २०२६ छनोट खेल्न जान लागेका राष्ट्रिय टोलीलाई विदाई

  • अनलाइन डबली

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलको तयारीका लागि म्यानमार जाने नेपाली राष्ट्रिय टोलीलाई शुभकामना सहित विदाई गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार एक कार्यक्रमको आयोजना गरी एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ सहितको कार्यकारी अधिकारीको उपस्थितिमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको तयारीका लागि नेपाली टोलीलाई विदाई गरेको हो ।
नेपालले अक्टोबर दोस्रो साता विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्न लाओससँग होम एन्ड अवे पद्दतिमा प्लेअफ खेल खेल्दैछ । उक्त खेलको तयारीका लागि सेप्टेम्बर ८ र ११ मा मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली म्यानमार प्रस्थान गरेको हो । दुवै मैत्रीपूर्ण खेल म्यानमारको यांगोनमा हुनेछ ।

इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले म्यानमारसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा यसअघि नै गरेका थिए । उनले टोलीले राम्रो खेल्ने विश्वास दिलाएका छन् । अनेसेले डिफेन्डर छिरिङ लामा, आशिष गुरुङ र अन्जन राई, मिडफिल्डर उत्सव राई तथा फरवार्ड दिनेश हेन्जन, जिलेस्पीजंग कार्की र हिसुब थपलियालाई पहिलो पटक टोलीमा स्थान दिएका छन् ।

म्यानमारविरुद्ध खेल्ने अन्तिम टोलीमा गोलरक्षक, किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की, डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अन्जन राई, मिडफिल्डर, एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई तथा फरवार्डरमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया रहेछन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal