आज :

भ्रष्टाचारविरुद्ध आक्रामक हुने प्रजातन्त्रपछि कै यो पहिलो सरकार हो : मन्त्री किराती

  • अनलाइन डबली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध चालेको कदमलाई निरन्तरता दिने, इतिहासमा प्रजातन्त्र कै पहिलो सरकार सरकार भएको जिकिर गरेका छन् ।

नेपाल पत्रकार महासंघ मोरङ्द्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले युद्धबाट शान्तिमा आएपनि मन बदल्न नसक्दाँ पार्टी धेरै चिरामा परिणत भएको भन्दै पार्टी जसरी जनता र जरा भनेर फर्किएको छ त्यसले पार्टी रुपान्तरणमा मद्दत पुग्ने बताए ।

उनले भने, ‘युद्धबाट शान्तिमा आउँदा आएपछि बाटो परिवर्तन गरेका थियौं । तर हामीले मन बदल्न नसक्दाँ हाम्रो पार्टी धेरै चिरामा परिणत भयो र ती विभाजित विचारले हामीले गरेको राम्रो काम पनि भन्न नसक्ने अवस्थामा पार्टी पङ्ती पुगेको छ । हामीले जनतालाई ध्यान नदिएको कारण यस्तो भएको हो । जसरी अहिले जनता र जरा भनेर फर्किएका छौ, सरकारले जुन भ्रष्टाचारको विरुद्धमा जुन कदम चालेको छ त्यसलाई निरन्तरता दिने, इतिहासका प्रजातन्त्र पछि यति राम्रो काम गर्ने अहिलेको सरकार हो ।’

उनले अपूर्णताबाट मात्रै कुरा उठाउँने र विरोध गरेर मात्रै आफू राम्रो हुन्छ भन्ने कुरा राजनीतिले सिकाएको भन्दै भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आएपनि नछोड्ने प्रतिवद्धता रहेको पनि बताए ।

उनले भने, ‘विरोध गरेर मात्रै आँफू राम्रो हुन्छ भन्ने नेपाली संस्कृति बनेको छ, मुख्य जिम्मेवारी यसमा राजनीतिक शक्तिको हो । हामीले अहिलेसम्म विरोध गर्न मात्रै सिकायौं । समानताबाट कहिले पनि कुरा उठाएनौं, हाम्रो अपूर्णताबाट मात्रै कुरा उठ्ने गर्छ त्यो राजनीतिले सिकाएको कुरा हो । भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आएपनि नछोड्ने कुराको प्रतिवद्धता नै छ । अर्को प्रसंगमा उनले बन्द भएका एयरपोर्ट संचालन गर्न आफूले प्रयास गरिरहेको उनको भनाई छ ।

उनले भने, ‘बन्द भएका एयरपोर्टहरुलाई व्यवसायीतक रुपमा सञ्चालन गर्नको लागि हामी जहाज किन्दै छौ । एउटा जहाज वर्षौदेखि थन्किएर बसेको रहेछ, त्यो बन्दै छ त्यसपछि हामी तीनवटा जहाजहरु दुर्गम जाने जहाजहरु किन्ने अन्तिम तयारीमा छौ । ’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal