काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धकाे रिटमाथि आज सुनुवाइ हुँदैछ । थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकाे थियाे ।
उक्त रिट सर्वाेच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा हेर्न नमिल्ने भएसँगै आज सुनुवाइ हुने भएको हो ।
पूर्वमुख्यमन्त्री तथा एमाले नेता हिक्मतबहादुर कार्कीकाे याे दोस्राे रिट हाे । पहिलाे रिटमाथि सुनुवाइ गर्दै मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए ।