आज :

मंहगीविरुद्ध युवा संघको मसाल जुलुस, सडकबाटै सरकारलाई घुँडा टेकाउने चेतावनी

  • अनलाइन डबली

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले, महंगीविरुद्ध काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

काठमाडौंको बानेश्वरमा युवासंघका कार्यकर्ताले बानेश्वरमा एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतका उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि विरुद्ध विरोध प्रर्दशन गरेको हो । प्रर्दशनमा सहभागि, महंगी नियन्त्रण, हाम्रो आन्दोलन जारी छ, प्रहरी दमन मुर्दावाद, मुल्य वृद्धी फिर्ता गरलगायतका नारा लगाएका थिए ।

मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै, कार्यवहाक अध्यक्ष पुष्प श्रेष्ठले, सरकारले मंहगी नियन्त्रणमा कुनै चासो नदिएको आरोप लगाए । ‘आज हाम्रो देशले चरम मुल्य वृद्धि खेपिरहेको छ । हामीले बारम्बार सरकारलाई मुल्य वृद्धिबारे ध्यानाकर्षण गराउँदै गर्दा उहाँहरुले हाम्रो आवाजलाई सुनुवाई गरेन् ।’ उनले भने ‘ यदी सरकारले हाम्रो कुरा सुनेन भने ७७ जिल्लामा ओगो बाल्नेछ । सरकारलाई घुँडा टेकाउने छौं भनेका थियौं । त्यसै क्रममा आज देशैभरी मसाल जुलुस निकालिएको छ । ’

नीतिगत रुपमा सेटिङमा मुल्य वृद्धि भएको आरोप लगाएका उनले नीति गत भ्रष्टाचारमा उद्योग मन्त्रालय र गृहमन्त्रालयको समेत मिलेमतो रहेको आरोप लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal