आज :

बैकल्पिक उर्जाको क्षेत्रमा सरकारको ध्यान प्राथमिकतामा परेन : सांसद सापकोटा

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बैकल्पिक उर्जाको क्षेत्रमा सरकारको ध्यान प्राथमिकतामा नपरेको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौैंमा आयोजित स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले,आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सापकोटाले सरकारले बैकल्पिक उर्जाको क्षेत्रलाई प्राथमिकतासाथ ध्यान नदिएको गुनासो गरे । उनले यस विषयमा संसदमा समेत सक्रियतापूर्वक ध्यानाकर्षण गराउँने प्रतिवद्धता जनाए् ।

उनले भने,‘बैकल्पिक उर्जाको क्षेत्रलाई सरकारले जति प्राथमिकतासाथ ध्यान दिनुपर्ने,यसलाई त्यहि अनुसार मनोबल प्रदान गर्नुपर्ने त्यो कुराहरु पुगेको छैन् भन्ने कुरामा म आफै पनि गम्भीर छु । त्यसैले तपाईहरुले राख्नुभएको कुरा सरकार सामु र संसदमा समेत सक्रियता पूर्वक ध्यानाकर्षण गराउँने प्रतिवद्धता गर्न चाहन्छु ।’

सांसद सापकोटाले संस्थासँग सम्बन्धित विषयहरु लिखित रुपमा उपलब्ध गराउन आग्रह गर्दै नपुगेका कुराहरुमा छलफल गर्ने र प्राथमिकतासाथ कुरा उठाउने बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal