आज :

तातोपानी नाका आज शुक्रबारदेखि मानव आवतजावतको लागि खुल्ला

  • अनलाइन डबली

काठमाडौं । चीनसँगको तातोपानी नाका आज शुक्रबारदेखि मानव आवतजावतको लागि खुलेको छ ।

नेपाल र चीन दुबै देशका अधिकारीबीच भएको समझदारी अनुसार सिन्धुपाल्चोकको भोटेकोशीका गाउँपालिकाका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर आज बिहान नाका खोलिएको हो ।लामो समयपछि चिनियाँ क्षेत्रमा हालका लागि स्थानीयले मात्र प्रवेश गर्न पाउँदा ब्यारिक चहलपहल हुने आशामा स्थानिमा खुशी छाएका छन्  ।

२०७२ सालको महाभूकम्प पछी निकै न्युन मात्रामा खुलेपनि त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो ।
दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो ।

तर,विश्वभर कोरोनाभाइरस महामारी फैलिएपछि २०७६ ११ चैतमा नाका पुनः बन्द भएको थियो । कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि रोक लगाइएको थियो ।

 तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्ने स्थानीयका  लागि तातोपानीस्थित अध्यागमन कार्यालयले पासको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal