
काठमाडौं । बागमती नदीलाई स्वच्छ राख्ने तथा र्याफ्टिङ खेल प्रवद्र्धन गर्ने उद्देश्यले वागमतीमा र्याफ्टिङ र्याली हुने भएको छ ।
जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार एक दिने र्याफ्टिङ हुन लागेको हो ।
जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार आज पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा याफ्टिङ कार्येक्रम गरिन लागेको जानकारी दिएको छ ।
गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि सुरु भएको र्याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुने छ ।
जिल्ला समन्वयन समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित दश वटै स्थानीय निकायले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए ।
बिहान साढे ७ बजेदेखि शुरु भएको यात्रा साँझ साढे ५ बजेसम्म सञ्चालनमा हुने छ । सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्ने छ ।