आज :

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश

  • अनलाइन डबली

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित ( केन्द्रीय पार्टी कार्यालय )    भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

राप्रपाको पार्टी कार्यालय भएको जग्गादेखि माथि विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन)  लाइन रहेको र यस किसिमको जगामा  संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था भएको भन्दै १३ असोज २०७९  कार्यालयमै काठमाडौँ महानगर पालिकाले पार्टी कार्यालय भवन  हटाउन सूचना टाँसेको महानगरपालिकाले १२ साउनमा ३ दिन समय दिएर कार्यालय हटाउन भनेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal