
काठमाडौँ । नेकपा माओवादी विशेष रूपान्तरण अभियान ‘जनतासँग माओवादी कार्यक्रम’ सन्चाल गर्ने भएको छ ।
यो अन्तर्गत प्रत्येक वडामा जाने अभियानको सुरूवात काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बाट सुरू गरिन लागिएको हो ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो अभियानको सुरुवात गर्नेछन्।
तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारीसम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा माओवादीको योजनाका बारेमा जानकारी गराउने निर्णय गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको माओवादीको केन्द्रीय कमिटी बैठकले गरेको थियो।
उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले उक्त कार्यक्रम अन्तर्गत माओवादीले प्रत्येक स्थानीय तहमा पहिलो चरणको तयारी बैठक सम्पन्न गरिसकेको बताउनु भयो ।
अध्यक्ष प्रचण्ड द्वारा वडा वडामा केन्द्रीत हुने कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा जान लागेको र अभियानको उद्घाटन अध्यक्ष बात भर्चुअल अध्यम बात गर्ने कार्यक्रम रहेको छ ।
माओवादीले मंसिर १६ सम्म जनतासँग माओवादी कार्यक्रम सम्पन्न गरेपछि मंसिरमै विधान सम्मेलन र त्यसको ३ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।