आज :

काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

  • अनलाइन डबली

काठमाडौँ । सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

संवैधानिक इजलास प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

महानगरले असार ३० गतेको नगर सभाबाट मातहतका सामुदायिक विद्यालयका व्यवस्थापन समिति भङ्गको निर्णय गरेको थियो । समिति भङ्ग गरेर सम्बन्धित वडाका वडाध्यक्षलाई नै पदेन अध्यक्ष बनाउने निर्णय महानगरले गरेको थियो ।

महानगरले गरेको उक्त निर्णयको सामुदायिक विद्यालयले भने विरोध जनाउनुदै हितकरवीरसिंह कंसाकारसमेतले उक्त निर्णयविरुद्ध महानगरलाई विपक्षी बनाएर भाद्रा ६ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal