आज :

आजबाट चलचित्र ‘ऐंचो पैंचो’ हलहरुमा, राजनीतिको आडमा मौलाइरहेको विकृति विसंगतीमाथि प्रहार 

  • अनलाइन डबली

काठमाडौं । आजबाट नेपाली चलचित्र ‘ऐंचो पैंचो’ हलहरुमा लागिगरहेको छ । बुधबार भव्य ‘ग्राण्ड प्रिमियर सो’ गरेको चलचित्र आजबाट हलहरुमा हेर्न पाइने भएको छ ।

नेपाली राजनीतिमा मौलाइरहेको विकृति विसंगतीमाथि तिखो प्रहार गरेर निर्माण गरेको चलचित्रको सो हेर्न नेताहरु सिटी सेन्टर पुगेका थिए । चलचित्र हेरेपछि नेताहरुले चलचित्रले राजनीतिलाई जिम्मेवार र विकृतीरहित बनाउन नेताहरुलाई झक्झक्याउने प्रयास गरेको प्रतिक्रिया दिएका थिए ।

प्रिमियर सोमा सहभागी पूर्वमन्त्रि एवम् सांसद रघुजी पन्त, कर्ण थापा, प्रेम आले, सोविता गौतम, ज्ञानेन्द्र शाही लगायतले चलचित्र ऐंचो पैंचोले नेपाली राजनीति र जनताका सवालमा केन्द्रित रहेर सकारात्मक सन्देश दिन खोजेको प्रतिक्रिया दिएका थिए ।

चलचित्र ऐंचो पैंचोले भ्रष्टाचार, अनिमियता, वैदेशिक रोजगारीमा जाने कामदारले भोगेको पीडा, समस्या लगायत बिषय उठान गरेको छ ।
कृषा चौंलागाईंको पहिलो निर्देशनमा बनेको चलचित्र ऐंचो पैंचोमा कलाकार स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतको अभिनय रहेको छ ।

केपी फिलिम्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्मातामा प्रितम लामिछाने र आध्या लामिछाने छन् भने सहनिर्माता विशाल चौलागाई रहेका छन् । अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal