आज :

सरकारद्वारा सहकारी क्षेत्र सुझाव कार्यदलको म्याद एक महिना थप

  • अनलाइन डबली

काठमाडौं । सरकारले सहकारी क्षेत्र सुझाव कार्यदलको म्याद थप गरेको छ । २०८० को म्याद भदौ २६ गतेबाट लागू हुनेगरी एक महिना थप गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराइन् ।

सरकारले नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ । बुधबार भदौ १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै शर्माले उक्त स्वीकृति दिइएको बताइन् । साथै, विद्युतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०,संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ ।

त्यस्तै, अरुण ३ जलविद्युत परियोजना निर्माणको क्रममा उत्पादन हुने वेस्ट म्याटर डिस्पोजलका लागि डम्पिङ क्षेत्र क्वरी साइटको संरचना निर्माण गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । सरकारले विपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको कार्यकारी निर्देशकमा डा।सनत कुमार शर्मालाई नियुक्ति गर्ने लगायत विविध २० वटा निणर्य गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal