किर्तिपुर । नेपाल भाषाका वरिष्ठ संगीतकर्मी तथा गायक गोविन्द ह्यूमतको एकल प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ । कीर्तिपुरको पाँगास्थित सिनेप्लेक्समा सोमबार “ गोविन्द ह्युमत सनिल ११४३ ” एकल साँझ कार्यक्रम सम्पन्न भएको हो । दर्शक बीच उहाले नेपालभाषाका १५ वटा नेपाल भाषाको गीतमा संगीत एवम् गायन प्रस्तुत गर्नुभयो । लोकप्रिय गायिका दिपा महर्ज र रत्नशोभा महर्जनले द्वयत साथ् दिनु भयो ।
संगीतकर्मी ह्यूमतले विसं. २०३७ देखि सांगीतिक क्षेत्रमा निरन्तर योगदान गर्दै आउनुभएको छ । उहाँले हालसम्म चारसय वटा नेपाल भाषाका गीतमा संगीत प्रदान गर्नुभएको छ ।
उहाँबाट संगीतबद्व गीतहरु नेपाल र भारतका ख्यातिप्राप्त गायक मोहम्मद अजी, अनुराधा पौडयाल, कुमार सानुलगायतका गायकगायिकाको स्वरमा गीति एल्बम समेत प्रकाशन भइसकेको छ ।
उहाँले नेपाल भाषाका चलचित्रहरु न्हिलाःन्हिलाः हुँ, चरित्र, जीवन यात्रा, उपहार, बांलाः मय्जु, घोषक, अजःमिखा, पानबति, सेरिव वन्जाका गीतहरुमा संगीत दिनुभएको छ ।
उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, हंस स्मृति समाजका अध्यक्ष डा. रमेशमान सिंह, गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक र आयोजकका तर्फबाट विजयलाल डंगोलले उहाँलाई एक लाख रुपियाँ नगद राशीसहित सम्मान प्रदान गर्नुभयो ।
वि.सं. २०२२ वैशाखमा बुवा इन्द्रलाल खड्गी र बुवा द्वारिका खड्गीको कोखबाट काठमाडौं वडा नं. १२ ह्यूमत टोलमा उहाँको जन्म भएको थियो ।
नेपाल भाषा र कलाकर्मी विजय लाल डंगोलको निर्देशनमा यस सांगीतिक कार्येक्रमको आयोजना भएको हो ।