काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडा बन्ने भएको छ । सत्तारुढ नेपाली काँगे्रसले खतिवडालाई समितिको सभापति बनाउने निर्णय गरेसँगै उम्मेदवारी दर्ता गरेका छन् ।
संसदीय समितिको नेतृत्वका लागि आज दश सभापतिले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले आफ्नो भागमा समितिमध्ये राज्य व्यवस्था समिति शक्तिशाली मानिएको छ ।
संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका आधारमा नेतृत्व गर्ने सहमति गरेका छन् । यो सहमतिले खतिवडा उक्त समितिको सभापति बन्ने निश्चित छ ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ मा अनुसार यो समितिको क्षेत्राधिकार गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग र सम्बद्ध विषय तथा निकायहरु पर्दछन्। गृह, रक्षा, अख्तियारजस्ता निकायलाई निर्देशन दिन सक्ने भएकोले पनि यो समितिलाई शक्तिशाली मानिएको हो ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समितिमध्ये लेखा र यो समितिलाई शक्तिशाली मानिन्छ । सार्वजनिक लेखा नेकपा एमालेको भागमा परेको छ ।