आज :

जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव ः दुर्गा प्रसाईँ

  • अनलाइन डबली

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि देशमा विदेशीहरुको प्रभाव बढेको बताएका छन् । उनले विदेशीहरुले नै एउटा कोठामा बसेर र डिजाइन गरेर अन्तरिम सरकार बनाएको आरोप लगाएका छन् ।


सोमबार झापाबाट फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै भाद्र २३ गते दुई घन्टामात्रै जेनजी आन्दोलन भएको ठोकुवा गर्दै २३ गते १ बजेपछि आन्दोलन पूरै विदेशीको कब्जामा गएको बताए ।
उनले देशलाई विघटन गर्नको लागि देशका सम्पूर्ण संरचनाहरुमा आगजनी गरिएको बताए ।
उनले भने,‘भाद्र २३ गतेको जेनजी आन्दोलनमा दुई घण्टा मात्र बच्चाहरुले गरेका हुन् । ११ बजेदेखि १ बजेसम्म आन्दोलन जेनजीहरुको थियो । १ बजेपछिको आन्दोलन पूरै विदेशीको कब्जामा गयो । देशको ऐतिहासिक दस्तावेज राख्ने सिंहदरबारदेखि विभिन्न सार्वजनिक संरचनाहरुमा आगो लगाइयो । देशलाई विघटन गर्नको लागि भएका संरचनाहरु सबैमा आगो लगाइयो । एउटा कोठामा आन्दोलनको डिजाइन भयो ।’
सरकार डलरमा आएको भन्दै उनले नीतिगत रुपमा देश कब्जा मात्र गरेको बताए । उनले आगामी फागुन २१ गते निर्वाचन नुहने दाबी समेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal