काठमाडौँ। नेपाल भाषाका वरिष्ठ संगीतकार गोविन्द ह्युमतको एकल गायन साँझ हुने भएको छ। चार दशक देखि नेपाल भाषा गीत संगीत क्षेत्रमा निरन्तरता राख्दै आएका ह्युमतका ४ शय भन्दा बढी नेपाल भाषाका गीतमा संगीत तथा केहि चर्चित गीतहरुमा स्वर समेत रहेका छन्।
नेपाल भाषा र कलाकर्मी विजय लाल डंगोलको कार्येक्रम निर्देशनमा आउदो सोमबार साँझ २: ३० बजे किर्तिपुर,पाँगा स्थित सिने प्लेक्समा संगीतकार ह्युमत एकल आवाजमा “ गोविन्द ह्युमत सनिल ११४३ ” सांगीतिक कार्येक्रम हुन् लागेको हो।
संगीतकार ह्युमतको आवाजमा नेपाल भाषाका १५ वटा गीत प्रस्तुत हुने आज आयोजित एक कार्येक्रममा आयोजकले जनाएको छ। यसै गरि केहि गीतमा उनलाई नेपाल भाषाका गायिका दिपा महर्जन तथा रत्न सोभा महर्जनले समेत साथ् दिने भएको छ।
आयोजकले अग्रिम टिकट सुरक्षित् राख्न संगीत प्रेमी दर्शकलाइ निवेदन समेत गरेका छन्।