देशकै सबैभन्दा सुविधा सम्पन्न नेपालगञ्जस्थित भेरी प्राविधिक केन्द्र स्थापनादेखि देशका कुना कुनामा रहेका प्राविधिक केन्द्रमा सफ्टवयर विकासगरी दुई घण्टामै सर्टिफिकेट दिन सक्ने स्थिति ल्याउनमा प्राविधिज्ञ चन्द्रभक्त नकर्मीको विशेष योगदान मानिन्छ नेपालमा । उहाँद्धारा सफ्टवयर विकास गर्नु अघि सर्टिफिकेट वितरणलाई मात्रपनि हप्तौ लगाईन्थ्यो बर्तमानमा एस.ई.ई. वा अन्य परीक्षाको रिजल्ट जस्तै । चन्द्रभक्त नकर्मीको प्राविधिक शिक्षा क्षेत्रमा परीक्षा नियन्त्रण कार्यालय सानो थिमी भक्तपुर स्थापनाकालदेखि शीप परीक्षणको दायरालाई सि.टि.ई.भि.टी माफर्त चारसयबाट ७२ हजारसम्म पु¥याउने कार्यमा ठूलो योगदान रहेको कुरा यस क्षेत्रमा चर्चाको विषय बन्ने गरेको पाईन्छ । पिता हरिभक्त नकर्मी र माता रामदेवी नकर्मीका सुपुत्र चन्द्रभक्तको जन्म २०१५ साल आश्वीन ६ गते बनेपाको पुख्यौली घरमा भएको हो ।
उहाँका पिता हरिभक्त नकर्मी तत्कालिन वनेपा गाउँपञ्चायतका प्रधानपञ्च हुनुहुन्थ्यो । बि. सं.२०२३ सालदेखि उहाँका पिता २०२९सालसम्म प्रधानपञ्च रहनुभयो । तर बाजे…चाहि बनेपामानै फलाम
को कृषि सामग्री, हातहतियार बनाउने बेच्ने खलान चलाउनुहुन्थ्यो ।
म पनि नजानिदो तरीकाबाट पिताको राजनितिमा भन्दा बाजेको पुख्यौली पेशा प्राविधिक कार्यमा पो लाग्दै गएछुँ । प्राविधिज्ञ नश्लकै कारणले हो कि क्या हो चन्द्रभक्तमा भने सिपमुलक शिक्षामा लाग्ने सोच विकास हुन पुग्यो । उहाँ भन्नुहुन्छ , प्रत्येक व्यक्तिले शिक्षाका साथ ,साथ कुनै न कुनै विषयमा सीपमुलक तालिम लिएर आत्मनिर्भर बन्नै पर्छ प्रत्येक ब्यक्तिले । घर, घरमा धारा विजुली, ढल, नेट, कम्युटर, मोवाइल आदि मध्ये एउटा मात्र भएपनि विग्रिए आफैंले जोड्न बनाउन जाने पाइला–पाइलामा सहज हुन सक्दछ । तर मान्छे कुनै न कुनै विषयमा तालिम नलिए पनि केही काम त गरिरहेकै हुन्छन, उनीहरूले गरिरहेको काम डकर्मी, सिकर्मी, नकर्मी, सिलाई, नर्सिङ, कुकिङ, व्युटिपार्लर वा कुनै विषयमा पुर्खादेखि गर्दै आइरहेको कर्मलाई शैक्षिक प्रमाणपत्रसँग जोड्न नसक्दा प्राविधिक विज्ञहरू पनि अशिक्षितको घेरामा पर्न वाध्य हुने गरिरहेको पाईन्छ । सि.टि.भि.टी का प्रवद्र्धक चन्द्रभक्त नकर्मीको मनमा प्रविधिलाई शैक्षिक सर्टिफिकेटका रूपमा प्रमाणित गर्नुपर्ने सोच पलायो र उहाँ यसतर्फ मोडिनुभयो ।
· सन् १९७७ मा त्रिभुवन युनिभर्सिटीबाट मेकानिकल इन्जिनियर,
· सन् १९८१ मा स्कटल्याण्ड यु.केबाट प्रविधिमा विएड गर्नुभएका नकर्मीले सन् २००१ आई.एल.ओ. जापानबाट न्यु ट्रेनिङ टेक्नोलोजी
· सन् १९९७ मा फिलिपिन्सको मनिलाबाट नेतृत्व विकास तालिम,
· सन् १९९३ कलेज अफ एग्रिकल्चर युकेबाट गर्नु भएका उहाँले
· सन् १९९५ मा अमेरिकाको साउदेन इलिनोइसबाट प्राविधिक विकास तालिम प्राप्त गर्नुभएको छ ।
शिक्षालाई प्रविधि र सीपमुलक अभियानका रूपमा अगाडि बढाउने र जानेको सीपलाई परिक्षण गरी प्रमाणपत्रको माध्यमबाट सम्मान गर्दै लैजाने लक्ष्यका साथ उहाँले तालिम, सीप र अनुभवलाई प्रयोग गर्नुभयो ।
· युरोपियन युनियन प्रोजेक्टका तालिम सदस्य, सि.टि.भि.टीभित्र रही सक्षमता प्रोजेक्ट सफलतापूर्वक सम्पन्न गर्नु हुने चन्द्रभक्त नकर्मी, प्राविधिक परिषद भैसेपाटी, हेल्वटास, फेडेरेशन अफ कन्ट्राक्टर एशोसियसन अफ नेपालका सल्लाहकार, लाहान टेक्नीकल स्कुल सिराहाका भाइसप्रिन्सिपल, भेरी टेक्नीकल स्कुलका संस्थापक भएर देशका प्राविधिक शिक्षालाई व्यापक योगदान पु¥याउदै आईरहनुभएको छ । उहाँले
· सन् २०१२ अगष्टदेखि २०१५ मे सम्म पाठ्यक्रम विकास निर्देशक,
· सन् २००२ अक्टोबरदेखि अगष्ट २०१२ सम्म राष्ट्रिय सीप परीक्षण वोर्डको प्रमुख
· मार्च २००१ देखि अक्टोबर २००२ सम्म सिप परीक्षण विभागमा रही सीप भएका व्यक्तित्वहरूलाई प्रमाणपत्र प्रमाणित गर्ने कार्यमा योगदान पु¥याउनुभयो ।
प्राविधिक क्षेत्रमा आउनुको कारण
शुरुमा त मैलेपनि त्यो आरनको प्राविधिक विषयमा भन्दा जनप्रशासन क्याम्पस पढेर शिक्षा क्षेत्रमा लाग्ने सोच बनाएको थिएँ । तर पिताजीले सरकारी छात्रबृत्तिमा प्राविधिक विषय पढेर राज्यको दुईलाख रुपियाँभन्दा बढी खर्च गराईसकेपछि जनप्रशासन पढेर पलायन हुन कुनैपनि हालतमा दिन्न भन्नुभयो । बरु आफ्नै खर्चमा विई पढाउन पठाउँछु जनप्रशाशन पढाएर पुख्र्यौली प्रविधि र पेशाबाट पलायन हुन दिने छैन भन्नुभएपछि मैले आफुलाई प्रविधिक कर्ममानै केन्द्रित गर्ने सोच बनाएँ र प्राविधिक शिक्षक भएर सुब्वा सरहको पद लिएर म विरातनगर पुगें ।
हाम्रो पालामा पढेकै मान्छेको त कमि थियो भने त्यसमाथि प्राविधिक कर्म जानेको हामीलाई काम पदको लागि त अबसरले जताततै स्वागत गरिरहेको हुन्थ्यो । नभन्दै दुई वर्ष भित्रै तत्कालिन श्री ५को सरकारले मेकानिकल ईन्जिनियर पढन् बेलायतको स्कटल्याण्डमा छात्रबृत्तिमा पढ्न पठाईयो ।
पिताजी भन्नहुन्थ्यो , सरकारको छात्रबृत्तिमा पढेपछि सरकारले खटाएको ठाउँमा देशको सेवाका खातिर खट्नु पर्छ । मैले पनि छात्रबृत्तिमा पढेर स्वदेशकै सेवा गर्न नेपाल आएँ र पूर्वाञ्चल क्याम्पस ईन्जिनियरिङ संस्थानमा काम थालें । २०३९ सालदेखि २०४७ सालसम्म ३५ विगाह क्षेत्रफलमा फैलिएको सो क्याम्पसको मेक्यानिकल एग्रिकल्चर अध्ययन तर्फ मैले सेवा थालेको थिएँ ।
२०४८ सालदेखि सि.टि.भि.टि.को वरिष्ट सुपरीवेक्षक भई लाहान प्राविधिक शिक्षालयमा पुगें । सम्भवतः २०४५ साल फागुण १२ गते राजा विरेन्द्रको राज्याविशेषको दिनपारी केमिकल्स साईन्सका विज्ञ डा. सुरेशराज शर्माको काठमाडौं विश्वविद्यालय निर्माणमा योगदान रहेको थियो , मैलेपनि त्यसमा सेवा पुर्याएको थिएँ । भने लहानपछि म नेपालको सवैभन्दा ठुलो नेपालगञ्जस्थित भेरी प्राविधिक बिद्यालयमा चार वर्षको लागि खटिएँ ।
नेपालगञ्ज भेरी प्राविधिक शिक्षालय
देशको पहिलो शुल्क लिने शिक्षालय
२०५० सालमा म भेरी प्राविधिधक विद्यालयको प्रमुख भएर गएपछि मैले प्राविधिक शिक्षालयमा हड्ताल कसरी नहुने गर्न सकिन्छ र कम्प्युटर शिक्षालाई कसरी सहज वनाउन सकिन्छ भनेर सोच्नमा केन्द्रित गरें ।
सन् १९९१ म म पुनः इङल्याण्ड तालिम जाँदा पढीसकेको विषय नै पुन पढाउन खोज्दा मैले म यो कक्षामा बस्दिन बरु मलाई सोहि समयमा नेपालमा हुने सवैभन्दा बढी हड्ताल करप्सन र कम्प्युटर कक्षाका बारे तालिम लिन चाहन्छु भन्ने प्रस्ताव राख्दा त्याहाँका प्रिन्सिपलले मलाई दिनुभएको दुई वटा शुत्र के थियो भने पहिलो थोरै भएपनि शुल्क अनिवार्य लिने र क्याम्पस प्रमुख कार्यालयमा बस्ने होईन कि विद्यार्थी संकलन गर्न र जतिसक्दो शुल्क संकलनका लागि मार्केटिङमा लाग्ने भन्नुभएको थियो ।
विद्यार्थीबाट शुल्क लिएमा आफ्नोलगानीको मायाँले उनिहरुले हड्ताल गर्नेछैन भने क्याम्पस प्रमुखनै मार्केटिङमा लागे अन्य शिक्षक शिक्षिकाहरुपनि कृयाशील भई आफ्नो कर्तव्य प्रति जिम्मेवारीपन बढ्ने छ । हो यहि सत्यलाई मैले भेरी प्राविधिक शिक्षालयमा लागु गर्दा शुरुमा त यो प्राध्यापक त मालिकको मान्छे रहेछ भनि आक्षेप लगाए भने कसैले हामी गरीबले कसरी पैसा तिरेर पढ्न सकिन्छ भनि विरोध जनाए तर मैले पैसा टिरेर पढ्न नसक्नेको लागि बगैंचा प्रवद्र्धनमा काम गरे उल्टै मासिक १५ हजार तलबपनि आउने सिष्टम बताएपछि मासिक दुई सय रुपियाँ फिस टिरेर घर खर्चपनि बचाउने १९ गरीव बिद्यार्र्थीहरुले काम थालेका थिए । नभन्दै विभिन्न बहानामा हुदै आईरहेको हड्ताल बन्द हुनुका साथै मेहनती बिद्यार्थीहरुको भविष्य प्रवद्र्धनमापनि प्रगति भएको थियो ।
राजा विरेन्द्रबाट २०५३ साल फागुण १३ गते उदघाटन भएको सोहि भेरी प्राविधिक विद्यालय हो , नेपालको ईतिहासमा शुल्क लिएर पढाईने पहिलो विद्यालय । जुन विद्यालयबाट कम्प्युटर प्रविद्यिबाट सफ्टवयर विकास गरी सर्टिफिकेट दिने प्रकृया हप्तौं लाग्नेबाट दुई घण्टामा नै दिन सकिने बनायौं । अन्त्यमा अव हामीले देशभर रहेका प्राविद्यिक विद्यालयबाट उत्पादन भएका प्राविद्यिकहरुलाई शैद्धान्तिक मात्र नभई प्राक्टिकल रुपमा नै खरो उत्रनसक्ने बनाउनुपर्ने चुनौति रहेको छ ।