आज :

धरानमा गौहत्याप्रति राप्रपा नेपालका अध्यक्ष थापाको आपत्ति

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धरानमा भएको गौहत्याको घटना प्रति आपत्ति जनाएका छन् । बिहीबार समाजिक सञ्जाल मार्फत उनले धरानमा सार्वजनिकरुपमा गौवंशको हत्या गरेर सामूहिक भोज गरिएको प्रति आपत्ति जनाउँदै सो घटना लज्जाजनक भएको उल्लेख गरेका छन् । ‘केही दिनअघि धरानमा सार्वजनिकरुपमा गौवंशको हत्या गरेर सामूहिक भोज गरिएको घटनाका सम्बन्धमा सरकारको मौनता लज्जाजनक छ ।

यो घटनाले सनातन धर्मावलम्बीहरुलाई मर्माहत बनाएको छ । कानुनद्वारा निषेधित यस्तो कार्यमा संलग्नहरु कारवाही गर्न सरकारसँग माग गर्दछु तथा सामाजिक सद्भाव कायम गर्न सबैमा अपिल गर्दछु ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले कानुनद्वारा निषेधित यस्तो कार्यमा संलग्नहरु कारबाही गर्न सरकारसंग माग गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal