आज :

मन्थलीको गर्मी छल्ने आकर्षक पर्यटकीय गन्तव्य:  ताबेँडाँडा

  • अनलाइन डबली

रामेछाप । मन्थलीको गर्मी छल्न रामेछापवासी र रामेछाप घुम्न आएकाको लागि उमाकुण्ड गाउँपालिकाको ताबेँडाँडा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा देखिएको छ । ताबेँ डाँडोलाई धार्मिक, पुरातात्विक र आकर्षक दृश्यावलोकन स्थलको रूपमा विकास गर्न उमाकुण्ड गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम सुरु गरेको छ । उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सीमानामा पर्ने ताबेँडाँडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न आवश्यक काम सुरु गरिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । अहिले सो स्थानसम्म पुग्ने पदमार्ग, मन्दिर, च्छ्योर्तेन गुम्बालगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ ।

नेपाल सरकारको संस्कृति पर्यटन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा संरचना निर्माणका काम भइरहेका छन् । त्यस्तै वाग्मती प्रदेशको पूर्वाधार कार्यक्रम अन्तर्गत ५० लाख रुपैँयाको लागतमा पदमार्ग निर्माण भएको छ । उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा गोकुलगंगा गाउँपालिकाले १ करोड रुपैँयाको लागतमा मन्दिर निर्माण गरेको छ । उमाकुण्ड गाउँपालिकाले पनि संरचना निर्माणका विभिन्न काम गरिरहेको छ ।

हिउँदमा हिउँ पर्ने र चैत बैशाखमा विभिन्न जातका गुराँस र चिमलले ढकमक्क ताबेँ क्षेत्र वर्षामा कुहिरोको लुकामारीमा पनि त्यतिकै मनोरम देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal