आज :

कीर्तिपुरको श्रीपञ्चमी गुठीको प्रोत्साहन कार्यक्रम

  • अनलाइन डबली

साउन १९ ,काठमाडौँ  । कीर्तिपुरको श्रीपञ्चमी गुठीले विभिन्न कार्यक्रम गरी १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समुदायभित्रको गुठी परम्परा बमोजिम सञ्चालित सामुदायिक संस्थालाई दर्ता गरी बाह्र वर्षदेखि वार्षिक रुपमा औपचारिक कार्यक्रम गर्दै आएको छ । ‘मानन्धर समुदायको संस्कृति प्रवद्र्धन, आर्थिक र सामाजिक सुधारको लागि गुठीले महत्त्वपूर्ण भूमिका खेल्दैआएको छ ।’ गुठीका अध्यक्ष सिद्धि कुमार मानन्धरले दाबी गरे । राजनीतिक, आर्थिक र प्रशासनीक क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेकादेखि सामाजिक क्षेत्रमा योगदान दिएकालाई पनि गुठीले प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको उहाँले बताए ।

हुनपनि कीर्तिपुरको कुटिसा टोलमा सघन बसोबास गर्दै आएका मानन्धरहरुको लगत संकलन गर्नेदेखि सम्बन्धित समुदाय हितमा केन्द्रीत गरी गुठीले काम गर्दै आएको छ । देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघमा आवद्ध रहेको कीर्तिपुरको श्रीपञ्चमी गुठीले राराहिल मेमोरियल स्कुलमा सम्पन्न गरेको कार्यक्रममा संवैधानिक कानुनमा विद्यावारिधी गरेका डा. सुरेन्द्र मानन्धर, नेपाल प्रहरीको एसपी भएकी डा. रोजिना मानन्धर, भिमरथारोहण, चन्द्र रथारोहण गरेका जेष्ठ नागरिक, ५० वर्षसम्म निरन्तर दाम्पत्य जीवन बिताएका सफल दम्पती तथा विभिन्न विधामा उपलब्धि हासिल गरेकालाई सम्मान गरेको थियो । गुठीको लेखा समितिका संयोजक राजेन्द्र मानन्धरले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा थकाली चन्द्रनारायण मानन्धर सहभागी थिए । कार्यक्रममा कोषाध्यक्ष राजु मानन्धरले वार्षिक आर्थिक प्रगति प्रतिवदेन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal