आज :

ललितपुरमा यल नेवा: समाज स्थापित

  • अनलाइन डबली

 श्रावण ११, ललितपुर । झण्डै आधा दशकदेखि ललितपुरका नेवा: समुदायभित्र संस्थागत रहेका बिभिन्न जातिय समाजहरूको अभ्यास थप संस्थागत भएको छ । यस अघि आलोपालो संयाोजनको अभ्याससहित एकिकृत रहेको यल जातिय समाजलाई नेपाल कानून बमाेजिम जिल्ला प्रशासनले “यल नेवा: समाज”का नाममा बिधिवत रूपमा स्विकृति दिएका छन् ।

बुधवार बैधानिकता पाएको यल नेवा: समाजमा ललितपुरका २१ जातिय समाजहरूको संस्थागत आवद्धता रहेको जनाइएको छ । बिधानत यस संस्थामा हाललाइ ताम्राकार समाजका अध्यक्छ्य बिनोद ताम्राकारको नेतृत्वमा ९ जनाको तदर्थ समिति रहेको संस्थाका तदर्थ सहसचिव एवं सिकर्मी समाजका अध्यक्छ्य बिष्णुलाल सिकर्मीले जानकारी दिएका छन् । बुधवार बिधिवत दर्ता भएको संस्थाको तदर्थ समितिको उपाध्यक्छ्यमा स्यस्य: समाजका न्हुच्छे बहादुर  नेम्कुल, सचिवमा राजोपाध्याय समाजका संजय शर्मा र कोषाध्यक्छ्यमा शिवराम तण्डुकार रहेका छन  भने सदस्यमा धर्मरत्न शिल्पकार, कृष्णमाया नापित, समुन्द्रमान रन्जितकार, शिवराम तण्डुकार, दिपेश मान जाेशी रहनुभएको छ । “संस्थाको उद्धेश्य र तदर्थ समितिको आधिकारिक भावी योजना तथा कार्यक्रमहरू  सार्वजनिक गर्न हामी चाडै नै पत्रकार सम्मेलनको आयोजना गर्दैछौं ।” हाम्रो जिग्यासामा तदर्थ समितिका अध्यक्छ्य बिनोद ताम्राकारले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal