आज :

ढाँड सेक्ने गरी सीटीईभिटीले बढयो नर्सिङ-एचए र फार्मेसीको अध्ययन शुल्क, कति पुग्यो ? 

  • अनलाइन डबली

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) विद्यार्थीको ढाँड सेक्ने गरी नर्सिङ, सामान्य चिकित्सा (एचए) र फार्मेसीको अध्ययन  शुल्क बढाएको छ। अहिलेकै शुल्क महंगो भएको चर्चा र बहसबीच सीटीईभीटीले फेरि शुल्क बढाएको हो ।

नयाँ शैक्षिक सत्रदेखि लागु हुने गरी सीटीईभीटीले सूचना निकालेर शुल्क बढाइएको जानकारी गराएको छ ।

सीटीईभिटीले बढाएको नयाँ शुल्क अनुसार नर्सिङमा झण्डै दुई  लाख शुल्क बढाएको छ । अब नर्सिङ पढ्ने विद्यार्थीले ६ लाख २४ हजार दुई सय ३० रुपैयाँ पढाइ शुल्क तिर्नुपर्नेछ । यसअघि नर्सिङको पढाइ शुल्क चार लाख ७५ हजार रुपैयाँ थियो ।

त्यस्तै, एचएका विद्यार्थीले पाँच लाख २३ हजार आठ सय २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि एचएमा चार लाख चार हजार रुपैयाँ शुल्क थियो ।

त्यसैगरी फार्मेसीका विद्यार्थीले तीन वर्षमा चार लाख २३ हजार ६६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि फार्मेसीको शुल्क तीन लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal