आज :

पद्मकन्या विद्याश्रममा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ । पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालयमा प्रविधिको प्रयोगसँगै बढ्दो साइबर अपराधका घटनाबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । डबली मिडियाले नेपाल दूरसंचार प्राधिकरणसँगको सहकार्यमा ‘प्रविधिको बढ्दो प्रयोग, बालबालिका र साइबर अपराध’ विषयक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका कक्षा ७, ८ र ९ का छात्राहरु सहभागी थिए । बालबालिका जानेर वा नजानेर साइबर अपराधको शिकार भइरहेको बताउँदै त्यसबाट बच्न विज्ञहरुले सुझाव दिएका थिए । त्यस्तै, लामो समयसम्म प्रविधिको प्रयोग गर्दा मानसिक तथा स्वास्थ्यमा गम्भीर असर पर्ने कुरा बताउँदै विज्ञले समयको ख्याल गरेर मात्रै मोबाइल, कम्प्युटर–ल्याप्टपको प्रयोग गर्न पनि सुझाव दिएका थिए ।

कार्यक्रममा लामो समयदेखि साइबर ब्यूरोमा कार्यरत प्रहरी नायवनिरीक्षक जिरबहादुर बुढाले इन्टरनेटको प्रयोगसँगै साइबर अपराधका घटना दिनदिनै बढिरहेको बताए । उनले कतिपय घटना अन्जानमै घटेको समेत बताए ।

साइबर अपराध भनेको हो, कस्ता घटना साइबर अपराधाभित्र पर्छन्, कसरी घट्ने गरेका छन्, यसबाट कसरी बच्ने र कानुनी उपचारलगायतका विषय बुढाले छात्राहरुलाई पावर पोइन्टबाट विस्तृतमा जानकारी गराएका थिए । अनलाइन गेम अपराध नभएपनि धेरै खेल्दा मानसिक समस्या पैदा हुने समेत बुढाले बताए ।

साइबर अपराधका घटना लुकाउन प्रयास बढ्दो रहेको र त्यसले परिवार तथा समाजमै समस्या पैदा हुने गरेको बताउँदै बुढाले त्यस्ता घटनाको ब्यूरोमा खबर गरेर समस्याबाट मुक्त हुन सुझाव समेत दिए ।

त्यसैगरी कार्यक्रममा स्वास्थ्यकर्मी डम्बर बहादुर रावलले प्रविधिको दुरुपयोगले बालबालिका कलिलो मस्तिकमा नराम्रो प्रभाव पर्ने बताए । सही ढंगले प्रविधिको प्रयोग हुँदा पठनपाठनमा सजिलो हुने तर त्यसको दुरुपयोगले मानसिक र स्वास्थ्यमा गम्भीर असर परेर जीवन बर्बाद हुने बताउँदै रावलले सही रुपमा प्रविधिको प्रयोग गर्न सुझाव दिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले रुचीका साथ आफ्ना जिज्ञासा समेत राख्दै अन्तरक्रियामा सहभागी भएका थिए ।

सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापकसहित शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal