आज :

राष्ट्रपति पौडेल समक्ष पाकिस्थानका नवनियुक्त राजदुत हाश्मीले दिए आफ्नो ओहोदाको पत्र

  • बुद्धशरण शाही

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पाकिस्थानका नवनियुक्त राजदुत अबरार एच हाश्मीले आफ्नो ओहोदाको पत्र हास्तान्तरण गर्नु भएको छ ।
सोमबार आयोजित एक कार्येक्रमका बीच राजदूत हाश्मीले इस्लामिक गणतन्त्र पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वी र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफका साथै पाकिस्तानी जनता तथा आफ्नो व्यक्तिगत रूपमा शुभकामना र शुभकामना व्यक्त गर्नु भयो । उहाले राष्ट्रपति पौडेलको स्वास्थ्यलाभ तथा नेपाल उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नु भयो ।
यसै गरि राष्ट्रपति पौडेलले नेपालका लागि पाकिस्तानका राजदूतका रूपमा अबरार एच हाश्मीलाई स्वागत र बधाई दिनुभयो। उनले नेपाल र पाकिस्तानका जनताबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नेपालस्थित पाकिस्थान राजदूतलाई नेपाल सरकारको पूर्ण सहयोगको आश्वासन पनि दिनु भयो ।

यसै अवसरमा राजदूत अबरार एच हाश्मीले पाकिस्तानका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई यथाशीघ्र पाकिस्तान भ्रमणको निमन्त्रणा दिनु भयो । निमन्त्रणाका लागि पाकिस्तानका राष्ट्रपतिलाई धन्यवाद दिँदै राष्ट्रपति पौडेलले उपयुक्त समयमा पाकिस्तान भ्रमण गर्ने र पाकिस्तानका राष्ट्रपतिलाई पनि नेपाल भ्रमणको निम्तो दिएको राजदुत हाश्मीले बताउनु भयो ।

समारोहमा परराष्ट्रमन्त्री, प्रधानसेनापति, राष्ट्रपतिका प्रमुख सचिव, परराष्ट्र सचिवलगायत राष्ट्रपतिको कार्यालय र नेपालको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal