आज :

संसदीय सुनुवाईबाट कार्यविधि पारित, कार्की प्रधानन्यायाधीश बन्ने वा नबन्ने असार १ गतेभित्र टुंगो

  • अनलाइन डबली

काठमाडौँ । संसदीय सुनुवाईबाट कार्यविधि पारित भएको छ । सोमबार बसेको समितिको बैठकले उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कर्याविधि पारित गरेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका लागि आज उजुरी खोलिएसँगै उजुरीकर्तासँग सम्बन्धी कार्यविधि पारित गरेको हो । समितिले जेठ ३१ गते ११ बजे अर्को बैठक बोलाउने निर्णय समेत गरेको छ । सोमबार बिहान सिंहदरवारमा बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेमा उजुरीको पोको खोलिएको थियो ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरा (राणा) को सभापतित्वमा बसेको बैठक बसेको थियो । समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । सोमबारको बैठकमा खोलिएका उजुरी समितिका सदस्यहरुलाई अध्ययनका लागि उजुरीको फोटाकपी वितरण गरिएको छ ।

समितिले जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्ने, जेठ ३२ गते प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बोलाएर सुनुवाई गर्ने र असार १ गते बिहान ८ बजे बैठक बसी निर्णय गर्ने कार्ययोजना बनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal