आज :

अस्पतालले १० प्रतिशत शैया विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार सेवाका लागि छुट्याइनु पर्ने

  • अनलाइन डबली

काठमाडौँ । सरकारी, सामुदायिक तथा निजी अस्पतालले कुल शैयाको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउने ब्यबस्था लागु गरिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  ७ सय ५३ वटै पालिका र देशका सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आइतबार छुट्टाछुट्टै पत्राचार गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएपछी अस्पतालहरुले यो सेवा दिनु पर्ने भएको हाे ।

मन्त्रालयको  पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित पालिकाको वडा कार्यालयबाट गर्ने गराउने र त्याे सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र समेतलाई आधार मानी कुल शय्याको १० प्रतिशत बिरामीको निःशुल्क उपचार अनिवार्य गर्न/गराउन अनुरोध गरिएको छ । यसअघि पनि मन्त्रालयले दुई पटक अस्पताललाई निःशुल्क उपचार गर्न/गराउन निर्देशन दिएकाे थियाे ।

नेपालको संविधानले प्रत्याभिू गरेको नि-शुल्क स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्व्यन गर्न र स्वास्थ्य सेवालाई नियमित प्रभाकारी , गुणस्थरिय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुच स्थापित गर्नका लागि आवस्यक कानुनि ब्यबस्था गर्न बनेको जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड  २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्ने उल्लेख गरिएको छ ।

साथै मन्त्रालयले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराए/नगराएको नियमित अनुगमन हुने जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal