प्रकृतिको अपार सुन्दरतालाई उबडखाबड भूगोलमा पलाएका डाँडाकाँडा र लेकबेँसीका अनेक रङ्गले रंगिन बनाएको छ।
आफैमा प्राकृतिक सम्पदा र पर्यटकीय स्थलले भरिपूर्ण जिल्ला हो अछाम । जहाँ रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदा देवी मन्दिर, बैजनाथ मन्दिर, दर्ना दरवार, मङ्गलसेन दरबार, विनायकका पञ्चदेवल, दर्नाका देवलहरू, बान्नीगढी ,जैगढ, बयलपाटा आदि यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका स्थानहरू हुन्। अछाम जिल्ला जलसम्पदा र वनसम्पदाले पनि निकै धनी रहेको छ । नेपालको सुदूरपश्चिम प्रदेश अन्र्तगत पर्ने पहाडी र दुर्गम जिल्लाहरू मध्ये अछाम पनी एक हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको छ।
अछामले हिजोदेखी आजसम्म विकास समृद्धि र सुशासनको बाटो नकुरेको पनि हैन। कुर्दा कुर्दा बाको दारी फुलेर सेतो भैसक्यो र आमाका गाला चाउरिए दाइको जवानी ढल्कियो। सभ्य समाजको सारथी बनेको शिक्षा रेडपाण्डाको स्थितिमा छ। साक्षर हुनु एउटा कुरा, शिक्षित हुनु अर्कै कुरा हो। शिक्षितले समाजका अँध्यारा पाटालाई चिर्ने साहस राख्छ। साक्षरले त्यसलाई बोकेर हिँड्छ। यो समाजमा चिर्नेभन्दा बोक्नेको संख्या ज्यामितीय दरमा बढेको छ।
वयबृद्ध निमुखा बुढा बा आमा र सिङ्गो अछामी जनताले चुनेर नपठाएको हैनन। फाटो झोला भरी विकासका लागी विभीन्न एजेन्डाको भारी बोकाएर राजधानी पठाएको नेताले ती बा आमालाई र सिङ्गो अछामलाई नै बिर्सिएछ । जो ‘कागलाई वेल पाग्यो हर्ष न विस्मात’ भन्ने उखान जस्ता बनेका छन्। त्यो अछामलाई के थाहा राजधानी भनेको त सुकिलामुकिलाहरूको सहर हो भनेर।
त्यो फाटो झोला र फाटो अछामका विकासका एजेन्डालाई खोलामै मिल्काएर राजधानी पसेको नेताले जनताले दिएको मतको लेखाजोखा छैन भने बार्दलीबाट ओली बा ले हात हात हल्लाएर जनताको सााझा समस्याहरु समाधान हुदैनन् पनि। हामी यस्तो भयकंर चरणको घातकमा फसेका रहेछौँ कि नायक बाट खलनायकमा रुपान्तरण भएका जानकारको पछाडी लागेर हाम्रो चेतना पनि ध्वस्त हुने अवस्था खतरा छ। यस्ता राजनितीक अभ्यासले गर्दा जनतामा एक प्रकारको निराशामा व्यग्र छन।
अछामले थुप्रै ठूला नेतृत्व नजन्माएको पनि होइन तर अझै पनि अछामले गतिलो नेतृत्व खोज्ने गर्छ यो भन्दा ठूलो विडम्बना अरु के नै हुन सक्छ ? जनताले चुनेर पठाएपछि राजधानी नै प्याराो लाग्छ भने टलक्क टल्किने कोट पाइन्टलाई अछामको धुलो, माटोले मैलो हुन्छ भने त्यही राजधानी बाट अछाम र अछामी जनता गलत भनिदिनु पर्यो? तपाईँहरुको पक्रियालाई अछामले राम्रै पतिक्रीया दिन नसक्ने पनि छैनन्।
जनता भेडा नै हुन भन्ने पवृतीले सत्ता र शक्तिमा पुगेपछि जे पनि गर्न पाईन्छ भन्ने अहंकारीको सोचले नेतृत्वमा अल्माईजरले बढि सताउने गरेको छ।
सत्ता र शक्तिको आडमा जनताको ढाड सेकाउने प्रवृत्तिले जनता निकै चिन्तित भैसकेका छन । जनतालाई भ्रम र गरिबिको खाडलबाट माथी कहिले उकासिन्छ।
अछामका नेताहरुको व्यबहार मेरो घरमा पालेको गोरुको कहानिसङ्ग ठ्याक्क मिल्दोजुल्दो छ । मेरो घरमा एउटा तारे नामको एकदमै रिसाहा एक गोरु ९बल्ल० छ। गाउभरिका सबै गोरुलाई धम्काउने , थर्काउने दिनमा ३र४ ओटा गोरु सङ्ग भएपनि जुधेर जितेरै साझ घर फर्किने गर्थ्यो । किनकी उ पहिले उमेरले लक्का जवान थियो , भरपुर तागत थियो एकदमै रिसाह थियो । अहिले उमेरले बूढो भैसक्यो तापनि आफैलाई बादसाह त सम्झिन्छ नै तर विडम्बना हिजो गाउभरिका गोरुलाई लखेट्ने,धम्काउने , थर्काउने गोरुलाई अहिले गाउभरिका गोरुले लखेट्छन ।
ठ्याक्कै यो अवस्था अब नेपाली राजनितिमा लागू भैसकेको छ। सत्तामा हुन्जेल आफुलाई महाराज सम्झिन्छन , सोझासाझा जनताको रगत र पसिनालाई शोषेर आफुलाई बिकासबादी , र राष्ट्रबादी सम्झिने हरुका दिन पनि मेरो तारे गोरुको कहानी जस्तै हुने छन । अब जनता सचेत भैसकेका छन ।