
काठमाडौं । योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसिएलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो ।
राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा पार्टी अध्यक्ष प्रचण्डले उदघाटन गर्नेछन् ।
त्यसैगरी, प्रदेश सम्मेलनहरु जेठ ५ गतेसम्म गरि सक्ने, जसअन्तर्गत बागमतीको वैशाख १७ र १८ गते काठमाडौंमा, विशेष प्रदेशको वैशाख १९ गते काठमाडौंमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदुरपश्चिमको बैशाख २३ र २४ गते धनगढीमा, कोशी प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङमा र मधेशको जेठ ४ र ५ गते हुनेछ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाईसीएल अध्यक्ष सुवोधराज सेर्पालीले भने, ‘स्थानीय तहका चार यसभन्दा बढी सम्मेलन हामीले सम्पन्न गरिसकेका छौं । यही १७ गतेदेखि प्रदेश सम्मेलन सुरु हुने र जेठको ५ गतेसम्म सबै प्रदेशका सम्मेलनहरु सम्पन्न सक्दैछौं ।’
जेठको १७ गते उद्घाटन शत्र सुरु गर्ने र त्यसै दिन विधान सत्र सुरु गर्ने, विधान पारित गर्ने, १८ र १९ गते बन्दशत्र गरेर समापन गर्ने गरी सम्मेलनको कार्ययोजना बनाइएको छ।