आज :

एनआरएनएको एकता महाधिवेशन गराउन गठित निर्वाचन समितिद्वारा निर्वाचन कार्यक्रम प्रकाशित

  • अनलाइन डबली

काठमाडौँ  । यही वैशाख २० देखि २२ गते सम्म (मे ३-५, २०२५) मा काठमाडौँमा हुन गइरहेको  एकता महाधिवेशनको क्रममा नयाँ कार्य समितिको निर्वाचन गराउन गठित निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ।

निर्वाचन समितिले  बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै २०८२ वैशाख १२ गते मतदाता प्रथम नामावली प्रकाशन गर्ने, वैशाख १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र वैशाख २० गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ।  यसैगरी आइतबार, वैशाख २१ गते (४ मे २०२५) मा काठमाडौँमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने र मतगणना समाप्त भए पश्चात् निर्वाचनको परिणाम घोषणा गरिने पनि निर्वाचन कार्यक्रममा उल्लेख  छ।

निर्वाचन समितिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को २०२५-२७ कार्यकालको लागि अध्यक्ष १, उपाध्यक्ष खुल्ला ६, उपाध्यक्ष (महिला) १, महासचिव १ सहित ३६ जना पदाधिकारीहरू चयन गर्न निर्वाचन गराइने जनाएको छ।  उच्चस्तरीय समितिद्वारा प्रमाणीकरण भएका प्रतिनिधि (डेलिगेट) ले तोकिएको मनोनयन दस्तुर बुझाएर उम्मेदवारी मनोनयन गर्नु पर्नेछ।

यसैबिच सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले  बुधवार गरिएको बहस पछि  निवेदक पक्षले गरेको माग दाबी अनुसारको आदेश नआई थप कागजात झिकाउने आदेश दिएकाले   मे ३–५, २०२५  मा आयोजना हुन लागेको  एकता महाधिवेशनलाई कुनै वाधा नपुग्ने  समितिले जनाएको छ।

निर्वाचन समितिले एकता महाधिवेशनको मर्म अनुरूप स्वतन्त्र निष्पक्ष र पारदर्शी निर्वाचन गराउन सहयोग गर्न सबै पक्षलाई आग्रह पनि गरेको छ।सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको  समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal