आज :

निगमले दुई वटा जहाज खरीद गर्दै ,अन्तर्देशीय पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य

  • अनलाइन डबली

 

 

काठमाडौँ ।  नेपाल वायुसेवा निगमले दुइवटा नयाँ जहाज किन्ने भएको छ  ।  नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्ट  (Trunk Route)  मा उडान भर्न सक्ने दुई थप जहाज खरीद गर्न लागिएको हो । निगम व्यवस्थापनको उप समितिले यसको लागी आ्फ्नो प्रतिवेदन पेश गरिसकेको छ ।

निगमले आज बिज्ञप्ति जारीगर्दै जहाज खरिद प्रक्रियाको विशेष पहल गरी यथासक्य छिटो त्यस प्रकारका जहाज खरीद कार्य सम्पन्न गर्नको लागि निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको अध्यक्षतामा संचालक समितिको वैठकले निगम संचालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको जनाएको छ ।

‘ शहरी क्षेत्रका एयरपोर्ट (Trunk Route) मा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन । निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत नेपालका शहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने छ ।
यीे जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले खरीद गरिनेछ । जहाज खरीद पश्चात् अन्तर्देशीय पर्यटन प्रबद्र्धन हुने, निगमको उपस्थितिले वजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास रहेको छ । ’ बिज्ञप्तिमा भनिएको छ ।

निगमले यसबाट आफ्नो राष्ट्रिय र सामाजिक उत्तरदायित्व समेत निर्वाह हुने विश्वास गरेको  छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal