आज :

आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसः सार्वजनिक बिदा

  • अनलाइन डबली

काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अबसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ ।

आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जनको मागसहित मजदूरहरुले सुरु गरेको संघर्ष १३४ औं वर्ष भएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा मजदूरहरुले आफ्नो शोषणविरुद्ध संघर्षको सुरु गरेका थिए ।

युरोपमा स्पार्टाकसहरुले सुरु गरेको मजदूर आन्दोलन आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन नारासहित अमेरिका पुग्यो । मजदूरहरुले आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जनको माग राखेकै कारण सरकारले मजदूरहरुमाथि गोली चलाएर दर्जनबढी मजदूरको हत्या गर्यो । प्रहरीको गोलीसँग मजदूरहरु डराएनन् बरु झन् संगठित हुँदै आन्दोलन जारी राखे । अन्ततः अमेरिकी सरकारले मजदूरको आन्दोलन अगाडि झुक्न बाध्य भयो ।

सिकागो आन्दोलनको उपलब्धीलाई सम्झँदै थप अधिकारको लागि संगठित हुने उद्देश्यले समाजवादी मजदूर नेताहरुको पहलमा सन् १८८९ मा फ्रान्सको पेरिसमा भेलाको आयोजना गरियो । उक्त भेलामा विश्वका मजदूर नेताहरु भेलामा सहभागी भएका थिए । सोही भेलाले अन्तर्राष्ट्रिय मजदूर दिवस मनाउने निर्णय गर्यो । सोही निर्णयअनुसार सन् १८९० देखि हरेक अंग्रेजी वर्षको मे १ का दिन अन्तर्राष्ट्रिय मजदूर दिवस मनाउन थालियो हो ।

नेपालमा २००७ सालमा विराटनगरबाट सुरु भएको नेपाली मजदूर आन्दोलन अझै जारी रहेको छ । वि.सं. २०१९ सालबाट मजदूर दिवस मनाउन थालिएपनि अझै मजदूरहरुका मागहरु पूरा भएका छैनन् ।

नेपाली मजदूरहरुको साँझा संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले जनयुद्ध जनआन्दोलन र संघर्षको मैदानबाटै मजदूर दिवस मनाउँदै आएको छ ।

मजदूरहरुका अधुरा माग पूरा गर्ने उद्देश्यले एन्टुफले मे १ लाई आन्दोलन र संघर्षको रुपमा मनाउँदै आएको छ । यसै सिलसिलमा एन्टुफले १३४ औं मजदूर दिवस काठमाडौँको भृकुटीमण्डपमा भव्य रुपमा मनाउदैछ ।

मजदूर दिवसको अबसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal