काठमाडौं । चितवन–२ मा को मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ । इच्छाकामना गाउँपालिकाबाट सुरु भएको मत गणनामा नेकपा एमालेका उम्मेदवारले रामप्रसाद न्यौपान्नेले अग्रता लिएका छन् ।
इच्छाकामना वडा नम्बर १ को हात्तीवाङ र भाराङ बुथको ९७१ गणना गर्दा न्यौपानेले ३६७ मत ल्याउँदा रवि लामिछानेले ३१९ मत ल्याएर दोस्रो स्थान कायम गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।
अहिले इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ । यो पहिलो अपडेट भएकाले न्यौपानले नै अग्रता कायमै गर्छन् वा रविले उछिन्छन् अहिले नै भन्न नसकिने अवस्था छ ।