आज :

फोहरले सिंहदरबार नाकावन्दीलाई नगरबासीको समर्थन

  • बुद्धशरण शाही

 

पदम श्रेष्ठ –

 

फोहर र सुकुम्वासी समस्या समाधान कार्यान्वयनमा मन्त्रीस्तरिय असहयोग भएपछि काठमाडौं महानगरपालिकालेसिंहदरबार , राष्ट्रपति भवन ,प्रधानमन्त्रीको कार्यालयबाट फोहर नउठाउने गरेको निर्णयलाईमहानगरबासीले स्वागत गरेकाछन् ।मेयर र उपमेयरको युवा टिमले विजयी भए लगतै श्रावण १ गते देखि लागु हुनेगरी गल्ने र नगल्ने फोहर छुट्याएर उठाउने र नदिकिनारमा जथाभावी रुपमा बसिरहेका सुकुम्वासीलाई हटाउने कार्यमा सम्वन्धित मन्त्रीहरुबाटै असहयोग भएपछि मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सिंहदरबार ,राष्ट्रपति ,प्रधानमन्त्रीको निबासहरुमा फोहर नउठाउने गरेको निर्णयलाई उचित र मनासिब मानेकाछन् ।
फोहर र शहरको अब्यबस्था ,सुकुम्वासी समस्या हटाउनुपर्ने नगरपालिकाले तर कानुनी बेवधान लगायतका अनेक झमेला तेर्साएर संघीय सरकारबाट स्थानिय सरकारमाथि टाङग तेर्साएर कहिल्यै समस्या समाधान हुन नदिएपछि मेयर वालेन साहबाट भएको सिंहदरबार घेराउलाई नगरबासीले एकदम जायज मानेका छन् ।
फोहर व्यवस्थापन हुन नसकेसंगै वर्षातको बेला हुने अस्तब्यष्तताको स्थिति सम्झदानै नगरबासीहरु प्रताडित हुनुपर्ने तर जनताले चुनेर पठाएको जनप्रतिनिधिहरु भि.आई.पि. कार र सुविधाको भवनमा बसिरहनेलाई नगरबासीले कतिन्जेल सहेर बस्ने भन्दै मेयर साह र उपमेयर डगोलको यो कदमलाई काठमाडौंबासीले उचीत कदम मानेका छन् । काठमाडौंबासीले फोहर संगै भोग्नुपरिरहेको २२ वटा भन्दा बढी सम्स्याहरु छन् । ती समस्याहरुलाई उनै राजनितिक पार्टीको प्रतिनिधित्व गरेर जितेका जनप्रतिनिधि र स्थायी सरकार भनिने कमिसन खोर कर्मचारीतन्त्रबाट कार्यान्वयन हुन नदिने हरसम्भव प्रयास भैरहेको तथ्य प्रत्यक्ष भोग्नु परिरहेको छ स्थानिय जनताले । तरपनि स्वतन्त्र मेयर बलेन साह र झण्डै स्वतन्त्र उपमेर सुनिता डंगोलले निम्न लिखित समस्या समाधानार्थ कार्ययोजनाहरु ल्याउनुपर्ने देखिन्छ ।
ड्ड १) ढल जाम , २) सार्वजनिक शौचालयको अभाव ,३) छाडा गाई गोरु,
ड्ड ४) छाडा कुकुरको व्यबस्थापन र ५) वाँदरको समस्या छ महानगरमा ।
ड्ड त्यसैगरी ७) सडक व्यापारी , ८) मगन्तेहरुकोे अस्तव्यस्तता ,
ड्ड ९) जथाभावि रुपमा बसेका ५६ स्थानका सुकुम्वासी वस्तीहरु ,
ड्ड १० ) खुलेआम सडकमा नगरबधुहरुलाई व्यबस्थापन गर्न नसक्नुले लाग्छ हाम्रो महानगर युद्ध पछि गाँस बासको जोहो गर्न लागेको नगर जस्तो देखिने गरेको छ । ११ ) फुटफाट अतिक्रमणगरी हस्तक्षप भैरहेका फल्चापाटी ,१२ ) जथाभावि ढङगमा फिजाईएका पसलहरु ,
ड्ड १३ ) अस्तव्यस्त रुपमा संचालित पशुबधस्थल ,
ड्ड १४ ) जथाभावि सवारी पार्किङ ,
ड्ड १५) जताततै हरियाली विनासगरी सिंहदरवार , नारायणहिटी संग्रहलय , प्रहरी प्रधान कार्यालय नक्साल , टुँडिखेल भित्रै पनि नेपाली सेनाले नगरपालिकाको स्विकृति बिनै निर्माण गरिरहेको कङिक्रटका आलिशान भवनहरुले काठमाडौं महानगरलाई स्वच्छ त बनाईरहेको छैन नै । शहरी सौन्दर्यलाई फोहर र कङक्रीततिकरण पार्ने कार्यमा ठुलो भुुमिका खेलिरहेको छ । १६ ) सडक बालबालिका, १७) अपाङ मैत्री सडक तथा भौतिक संरचना नहुनु१८ ) मानसिक रोगीलाई सम्बन्धित निकायमा पुर्याउन नसक्नु
ड्ड १९ ) सडकमा विभिन्न तौर तरीका अपनाएर माग्न बस्ने रोगी
,बृद्ध बृद्धाहरुलाई व्यवस्थापन गर्न नसक्नुलेपनि भैरहेको देखिन्छ ।
ड्ड २० ) पानीको उचित वितरण , व्यवस्थापन हुन नसक्नु ,
ड्ड २१ ) सडक वत्ति अझैपनि गल्लीमा पुर्णरुपमा जडान हुन नसक्नु र
ड्ड २२ ) परम्परागत मान्छे जलाउने मसान – मैतिदेवि , स्वयम्भु , चावहिलको चिहान र पशुपतिको कपाली चिहानलाईपनि अतिक्रमण भई समय सापेक्ष व्यवस्थापन गर्न नसक्दा अर्को दस्तावेज बन्न पुगेको छ ।
ड्ड २३ ) बागमति विष्णुमति नदि प्रदुषण त क्रोनिकनै भैसकेको अवस्था हो
ड्ड २४ ) सवारी लाईसेन्सदेखि पासपोर्ट नागरीकताको लाईसेनसम्मको लाईन प्रदुषणले शहरी सौन्दर्यमाथि आघात पुर्याईरहेको प्रष्ट देख्न सकिन्छ ।
तर हुने विरुवाको चिल्लो पात भनिए जस्तै नवनिर्वाचित मेयर र उपमेयर दुवैले बढाई सगुन खान दौडाडौढ गर्न छोडि फोहर व्यवस्थापनका लागि जुन तडारुकता देखाउनु भएको छ त्यसबाट मान्छेहरुले भन्न थालेकाछन् वालेनचा ला छुँ याइ थें च्वँ अर्थात बालेन चाले त केहि गर्ला जस्तो छ ।
मेयर र उपमेयरको युवा टिमले श्रावण १ गते देखिनै लागु हुनेगरी गल्ने र नगल्ने फोहर छुट्याएर मात्र उठाउने जुन निर्णय गरेको छ । त्यो निर्णय स्वागत योग्य थियो तर नगरबासीमा बानी पार्न मात्र भएपनि फोहर छुटटाएर उठाउने निर्णयलाई कार्यान्वयन गर्न पाएको भए सुन माथि सुगन्ध हुने थियो । तर विचमानै निर्णयलाई अलपत्र छोडीदिदाँ पुर्व मेयर केशव स्थापितद्धारा थाल्नुभएको फोहर किलोमा किन्ने अभियान जस्तो नहोला भन्न सकिन्न । कामपा १८ वडाध्यक्ष न्हुछेंबहादुर महर्जनले पनियस अघि वडाबासीका घर घरबाटै फोहर छुटटयाएर उठाउने अभियान थाल्नुभएकै हो तर सफल हुन सक्नु भएन । अन्त्यमा भन्नैपर्दछ नेताले निति बनाईदिने र सम्वन्धित क्षेत्रमा सम्वन्धित विज्ञलाई त्यो कार्यको जिम्मा दिन सके माओवादीको सरकारले कुलमान घिसिंङलाई विद्युतमा ल्याउदा देशले नै कायापलट गरे जस्तै गर्ने निश्चत छ नत्र मेयर वालेन शाह र उपमेयर सुनिता डंगोलहरुपनि नाराको पुतला बाहेक केहि हुन नसक्ने बिज्ञहरुको ठहर छ । मेयर उपमेरको आव्हानलाई समर्थन गर्दै सार्वजनिक शौचालय गर्न कतिपय होटल ,बैंङकहरु स्वतस्फुर्त रुपमा राजी हुनु कालो घेरा भित्रको चाँद हो भन्न सकिन्छ । तर बलेन शाहहरु संघै चक्रीय कर्मचारी तन्त्र र अवसरबादी राजनितिक जनप्रतिनिधिबाट सर्तक रहिरहनु पर्दछ विज्ञहरुको सुझाव छ ।
अझैपनि मेयर बालेन साहकै पक्षमा स्थानियबासी
अत्यधिक बहुमतबाट काठमाडौं महानगरपालिकामा चुनिन सफल मेयर वालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसमक्ष काठमाडौंबासी माझ देखिएका झण्डै दुई दर्जन समस्याका चुनौतिहरु मध्ये सडक ब्यापारीको भाईरस , फोहर सफाईको अस्तब्यस्तता , सुकुम्बासी समस्याका बिषयहरुले कार्यान्वयनको मार्गमा अगाडि बढीरहा छन् भने मेलाम्चीले खनेको सडक मेलाम्चीले र विद्युत प्राधिकरणले खनेको सडक सम्बन्धीतले नै पहिले जस्तो हो त्यस्तैगरी पुर्नुपर्ने नियम लागु गर्न पाए सबै भार महानगरपालिकाको टाउकोमा आउने थिएन भन्छन्काठमाडौंबासी । काम गर्न अन्य राजनितिक पार्टीबाट विजयी जनप्रतिनिधि र चक्रीय प्रणालीमा कार्य गर्ने कर्मचारी फलामको च्युरा हुन सक्ने बताईन्छ । तर महानगरपालिकाको पहिलो बैठक जस्तै ईन्टरनेटमा सार्वजनिक महत्वको बैठक गरिए जनसमर्थन रहनेमा विश्वास पाईन्छ । जनसमर्थनको कुरो गर्दा १४ हजार भोट ल्याउन सफल अर्का स्वतन्त्र उमेदबार जर्वजस्ती सडक बिस्तार विरुद्ध संघर्ष समितिका अभियन्ता सुमन सायमिले समेत मेयर वालेन शाहलाईसमर्थन जनाउनुले प्रमाणित हुन्छ कि , उहाँ प्रति धेरै युवाको विस्वास छ ।बजारमा नेवार बृद्धबृद्धा विच बालेनचा र युवा जमात विच अमेरीकी राष्ट्रपतिकै नाउँ वाईडेनले चर्चित बालेन्द्रनारायण शाहले पुर्व मेयर केशव स्थापितबाट पनि अनुभव आदान प्रदान गर्न सके सुन माथि सुगन्ध हुनेमा जनआधार अडिग छ ।चुनावमा हारजित स्वभाविक कुरा भयो तर पुर्व मेयर केशव स्थापितले थाल्नु भएको फोहरलाई मोहर बनाउने सोच , टुँडिखेल , भुगोल पार्क ,भृकुटी मण्डप आदिस्थानमा अण्डर क्रसिङ पार्किङस्थल बनाउने अभियानमा विवाद देखिएपनि ब्यापारिक तथा निजि आलिशान भवनले आफनो कम्पाउण्ड भित्रै पार्किङ कार्यान्वयनले दिर्घकालिन समाधानको दस्तावेज बनाएको छ । मेयर बलेन साहसंग अझैपनि काठमाडौंको तीनकुने ,रत्नपार्कको खुल्ला संरचना निर्माणदेखि बसन्तपुर धरहरा , बागमति ,विष्णुमति नदि किनारलाई छोपेर सडक विस्तारदेखि ठाउँ ठाउँमा पार्कस्थल निर्माण सम्मको कार्यलाई कार्यान्वयन गर्नुको चुनौती बाँकीनै छन् ।
फोहरलाई मोहर बनाउने कुरा
फोहर व्यबस्थापनको सवाल काठमाडौंको मात्र नभई देशकै शहरी क्षेत्रको साझा समस्या हो तर बिज्ञ समुह वा व्यक्ति विशेषले सानै स्केलमा भएनि नमुना कार्य गरिरहनुभएका उदाहरणपनि छनयाहाँ । त्यस्ता कर्म योगीहरुलाई राज्यले सम्र्पकमा राखेर बजेट सहितको जिम्मेवार बनाउन सके समस्याको समाधान हुन बेर लाग्दैन थियो । फोहरलाई मोहर बनाई उल्टै आयश्रोतको माध्यम बनाईरहनुहुने व्यक्तित्व हुन ईं. महेश नकर्मी । उहाँले महाराजगञ्जस्थित टिचिङ अस्पतालको फोहरलाई व्यबस्थापनगरी महिनाको लाखौं रुपियाँ आम्दानी गराईरहनुभएको छ । पहिलेअस्पतालको फोहर फयाँक्न मात्र लाखौं रुपियाँ महानगरपालिकालाई खर्च दिईन्थ्यो तर र्इंन्जिनियर नकर्मीको टोलीले विरामीबाटै फोहरलाई गल्ने रनगल्ने गरी छुटाएर राख्ना साथ उल्टै आम्दानी हुन थालेको हो । उहाँले अस्पतालबाट उत्पादन हुने अप्रेशनको फोहरबाट ग्याँस उत्पादन गरी खाना पकाउने , पानीका बोटल , कागज पत्रआदी बेच्दा उल्टै स्वस्थ्यमा सुधार र आयश्रोत ब्यापक रुपले बढेको बताईन्छ । ई. नकर्मी भन्नु हुन्छ , फोहरको दिर्घकालिन समस्या समाधान गर्न प्रत्येक वडाले प्रत्येक घर घरबाट स्रोतमानै फोहरलाई दुई देखि चार बटा भाडाँमा छुटटा छुटटै ढङगमा उठाउनालेवडालाई उल्टै आम्दानी गर्न सक्दछ । जुन कार्यलाई सिंहदरबारलगायतका सरकारी गैहसरकारी , निजि कम्पाउण्डहरुमापनि गराउदै जान पाए ठुलो गुण लाग्थ्यो देशलाई ।अर्का फोहर व्यवस्थापक उद्यमी मंगलसिंह लामा वलले तीन करोड रुपियाँ लगानी गरी काम नलाग्ने फोहर जलाउने र ग्याँस उत्पादन गर्न लाग्नु भएको हो तर बनेपा नगरपालिकाले ठाउँ उपलब्ध गराएपनि स्थानिय राजनितिक नेतालाई बुझाउन नसक्दा राख्न दिइएन । अन्त्यमा गोकर्ण नगरपालिकाका पुर्व मेयर सुशिल चालिसेले सो परियोजनालाई स्थान दिएपछि नमुना फोहर व्यबस्थापन भएको छ ।टेकु फोहर मैला डम्पिङ क्षेत्र नजिकै घर रहेका पचली भैरव डोजो प्रमुख गुरु महेश नेवा ःको विचारमा चाहि टेकुमा जस्तै प्रत्येक वडामा स सानो फोहर मैला व्यवस्थापन गर्ने ,संकलनगरी छुटटयाउने केन्द्रहरु विकेन्द्रितगर्दै लानु पर्दछ । फोहरलाई विहान ४ वजे भित्र उठाईसक्ने तर जथाभावि फोहर फयाक्नेलाई पक्रिएर भक्तपुरमा जस्तै ठाउँको ठाउँनै जरीवाना गराउने गर्नु पर्दछ । यसरीजथाभावि फोहर फयाक्नेलाई पक्रिने वा पक्राउने जो कसैलाईपनि जरीवानाको आधा रकम दिने प्रावधान ल्याउनु पर्दछ ।
यस्तो भएमा थुप्रैलाई पठाउ जस्तै जागीरपनि पाईने र नगरपालिका देशमा उदाहरणपनि बन्ने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal