आज :

पशुपति क्षेत्रको सफाईको ८ औं हप्ताः विरूवा राेप्दै मन्त्री किरातीले भने- अब बेथिति पनि सफा गर्छु

  • धनन्जय बुढा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्रको सरसफाईबाट सुरुवात गरेको र अब ब्यथितिको पिलो नै निचोर्ने दाबी गरेका छन् । शनिबार पशुपति क्षेत्रको सरसफाई तथा वृक्षारोपणको ८ औं हप्तालाई सम्बोधन गर्दै सो अभियान देशभर चलाउने बताए ।

मन्त्री किरातीले पशुपति क्षेत्रको नदीमा सफा कञ्चन पानी बग्ने बनाउने योजनासहित अगाडि बढेको बताए । नेपाली समाजमा कामभन्दा पनि हल्ला र प्रचारमुखि भएको र अब त्यसलाई क्रमभंग गरेर परिणाम निकल्ने तिर लागेको बताए । पशुपति क्षेत्र नेपालीको मात्रै नभएर विश्वभरका हिन्दु समुदायको आस्थाको केन्द्र हुनाले स्वच्छ सफा र तपोभूमिकारुपमा स्थापित गर्ने बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको आकर्षक केन्द्र पनि भएकाले यसलाई विशेष महत्व दिएको बताउँदै भने,“अनेक बेथितिले जकडिएकोले पहिला फोहोररुपी घाउलाई सफा गर्दै भित्रको पूरै पीलो नै निचोर्ने हो, यो अभियान देशभरी चलाउँछौं ।” विगतमा पनि यहाँका विसंगतिलाई हटान उरुको प्रयास असफल भए नि ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री किरातीले भने,“त्यसमा चिन्ता नर्गुनस हामी इन्डोस्कोफी र क्लोनोस्कफी तलबाट पनि मतिबाट दुबैतिरबाट पनि पाईप हालेर सफा गर्ने हो ।”

लोक गायक कृष्ण कडेलले देशको विक्रिति तथा विसंगतिको सफाईको पनि आवश्यकता भएको बताउँदै, मन्त्री किरातीले सुरु गरेको कार्यको प्रसंसा गर्दै भने, “इनर्जेटिक मन्त्रीलाई सलाम अब हामीले काम गर्ने अभियान चलाम ।” त्यसैगरी कलाकार प्रकाश घिमिरेले पशुपतिनाथ क्षेत्रको सफाईबाट सुरु गरिएको अभियानले देशब्यापीरुपमा चल्नु पर्ने र विश्वभरका पर्यटकलाई भित्राउन योज्ञ बनाउनु पर्ने धारणा राखे ।

कलाकार चेतन सापकोटाले मन्त्री किरातीले बाहिरी सफाइ मात्रै नगरेर यसभित्रको ठूलो समस्या तिर पनि आफूलाई प्रवेश गराउनु पर्ने बताउँदै भने, “अरुले नसोचेको तर गर्नै पर्नेकामको सुरुवात गर्नुभएको छ, भित्रि सफाईमा लाग्नु भएन भने कुनै अर्थ रहनेवाला छैन ।”
सरसफाई अभियानमा जोडिएकी तुलसा पठकले अहिलेसम्म कसैले पनि नआँटेको कुरा आँटेकोमा धन्यबाद दिदै व्यथितिको पिलो निचोर्ने उहाँले ब्यथितिको पीलो निचोर्नेका हो ।

सायौंको उपस्थितिमा चलेको वृक्षारोपण तथा सफाई अभियानमा कलाकार, धार्मीक तथा संकृतिकर्मी, विभिन्न क्षेत्रका अभियान्ताहरुले मन्त्री किराती आशा र भरोषा गर्नलायक एक शषक्त व्यक्ति भएकाले उनिबाट जनताले ठूलो अपेक्षा राखेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal