आज :

अमेरिका- बेलायतले युक्रेनलाई युरेनियम हतियार दिएपछि बेलारुसमा आणविक हतियार तैनाथ 

  • अनलाइन डबली

काठमाडौं । अमेरिका र बेलायतले युक्रेनलाई डिप्लिटेड युरेनियम हतियार दिएपछि रुसले पनि बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए ।

बेलायतले डिप्लिटेड हतियारको प्रयोगको लागि युक्रेनी सेनालाई अन्तिम चरणको तालिम दिइरहेको छ । बेलायतले दिने डिप्लिटेड युरेनियम हतियार प्रयोगबाट निस्कने विकिरण पुस्तौसम्म नराम्रो असर पार्छ । संयुक्त राष्ट्रसंघले पनि यसको उपयोग हानिकारक हुने भनी चिन्ता व्यक्त गरेको छ । तर पनि राष्ट्रसंघले त्यसलाई रोक्न भन्न सक्दैन ।

पश्चिमा राष्ट्रहरुको यति मानवताविरुद्धको कदम उठाएका छन् । यसले विश्वलाई आणविक युद्धतिर धकेल्नेछ । बेलायतले दिने लागेको रासायनिक हतियारभन्दा रुसले बेलारुसमा तैनाथ गर्न लागेको आणविक हतियारलाई ठूलो विषय बनाइएको छ ।

‍यसअघि छिमेकी पोल्याण्डले अमेरिकासँग आफ्नो देशमा आणविक हतियार सार्न भनेको थियो ।

रुसी राष्ट्रपति पुटिनले अमेरिकाले नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी, इटली र टर्कीसँग आणविक बाँडफाँट सहमति गरी १०० वटा ट्याक्टिकल आणविक हतियारहरू तैनाथ गरेको कुरालाई स्मरण गराएका छन् ।

आणविक हतियार स्ट्राटेजिक र ट्याक्टिकल गरी दुई किसिमका हुन्छन् । स्ट्राटेजिक आणविक हतियार हजारौं माइल टाढा रही पनडुब्बी, लामो दूरीको बमवर्षक विमान वा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रबाट प्रहार गर्न सकिन्छ । यसले पूरा शहरलाई नै ध्वस्त बनाइदिन सक्छ ।

त्यस्तै, ट्याक्टिकल आणविक हतियार चाहिँ एउटा विशेष क्षेत्रको निशानालाई ध्वस्त पार्न वा सीमित दायराभित्रको तारोलाई नष्ट पार्नका लागि उपयोग गरिन्छ । त्यसको विस्फोटक शक्ति (पेलोड) पनि सानै हुन्छ ।

शीतयुद्धको समयमा अमेरिका र सोभियत संघले यस्ता हतियार निर्माण गरेका थिए । यस्ता हतियारको प्रयोग एक ठाउँमा मात्रै भएको छ । दोस्रो विश्वयुद्धको अन्तिमतिर अमेरिकाले जापानाका दुईवटा शहरमा खसालेको बाहेक अहिलेसम्म आणविक हतियारको प्रयोग भएको छैन । तर, अमेरिका र बेलायतका पछिल्ला कदमले आणविक हतियार प्रयोगको खतरा बढाएको छ ।

पुटिनले बेलारुस भूमिमा आणविक हतियार राख्ने काम अमेरिकाले युरोपमा हतियार राखे जस्तो कदम मात्र भएको बताएका छन् । आणविक हतियार राखेपनि त्यसको नियन्त्रण उसलाई गर्न नदिने पुटिनको बताएका छन् । तर अमेरिका र नेटोले युक्रेन युद्धको दायरा बढाए बेलारुसी सैनिकहरूलाई आणविक हतियार सञ्चालन तथा उपयोगको तालिम दिने चेतावनी पुटिनले दिएका छन् ।

बेलायतले युक्रेनलाई डिप्लिटेड युरेनियम हतियारको असर आफ्नो देशमा पर्ने भन्दै बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसी आणविक हतियार तैनाथीमा गर्न आवश्यक रहेको बताए । उनले रुसले बेलारुसलाई वास्तविक युरेनियम हतियार उपलब्ध गराउन सक्ने भन्दै बेलायतलाई युक्रेनलाई त्यस्ता हतियार नदिन चेतावनी दिएका छन् ।

त्यस्तै अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बीका नाममा आणविक हतियार बोक्न सक्ने पनडुब्बी दिन लागेको विज्ञहरुले बताएका छन् । अमेरिकाको यो कदमले समग्र मानवतालाई खतरा पार्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal