आज :

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्व दिएको बताएका छन् ।

शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए ।

प्रधानमन्त्रीले भने, “मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु। यसबाट नै तपाईहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ।”

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिता आयोजना गर्नुभएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। सर्वप्रथम प्रतियोगिता सफलताको शुभेच्छासहित सम्पूर्ण खेलाडीहरूको उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना गर्दछु।

२०३८ सालबाट औपचारिक रूपमा भएर ७७ जिल्लामा नै संस्थागत संरचना निर्माण भई लाखौँ खेलाडीहरू आवद्ध रहेको कराते खेल देशका लागि मात्र नभएर अन्तर्राष्ट्रिय गौरवको विषयसमेत बनेको छ। अन्तर्राष्ट्रिय मेडलमा कीर्तिमानी हासिल गरेका सफल कराते खेलाडीहरूको कुम्भमेलाका रूपमा यस कार्यक्रमको आयोजना हुनुले करातेको विकास र खेलाडीहरूको प्रोत्साहनमा महत्वपूर्ण सफलता मिल्ने मैले विश्वास लिएको छु।

विगत १० वर्षदेखि तदर्थ समितिकै रूपमा कार्यसञ्चालन गर्दै आएको करातेको अधिवेशनको आयोजना हुनु आफैमा गौरवको विषय हो। यस खालको कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र करातेका संस्थापकमध्येका एक पूर्व सदस्य सचिव युवराज लामाले जुन पहलकदमी लिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद तथा बधाइ व्यक्त गर्दछु।

यस कार्यक्रम कराते प्रशिक्षकहरूको महान् पर्व मात्र नभएर नयाँ खेलाडी उत्पादनको उर्भर “नर्सरी”समेत हुने मेरो विश्वास छ। विश्वास छ– आजदेखि कराते संघका गतिविधिमा थप तीव्रता आउनेछ, संस्थागत कार्य थप व्यवस्थित हुनेछन्। लाखौँ खेलाडीहरूको भविष्य निर्माणका निम्ति संघले थप प्रभावकारी भूमिका खेल्नेछ। त्यसका निम्ति तपाईहरूलाई अग्रिम बधाइ व्यक्त गर्दछु।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो। खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ। आजको परिप्रेक्ष्यमा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ। नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न, संस्थागत एवं संरचनागत विकास र खेलाडीहरूको वृत्तिविकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ।

खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। यस सन्दर्भमा खेल क्षेत्रको विकासका निम्ति सरकारको तर्फबाट गरिने प्रयासमा यहाँहरूको दर्बिलो साथ र सहयोगको समेत अपेक्षा गरेको छु।

मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु। यसबाट नै तपाईहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ।

अन्त्यमा ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समुद्घाटन भएको घोषणा गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका निम्ति वर्तमान सरकार सबै प्रकारका सहयोग गर्न तत्पर रहेको पुनः स्मरण गराउँदै कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal