आज :

पाकिस्तानी दूतावास द्वारा काभ्रेको पाँचखालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

  • अनलाइन डबली

काठमाडौँ ।  नेपाल–पाकिस्तान मैत्री दिवसको अवसरमा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ र नेपालस्थित पाकिस्तानी दूतावासको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

काभ्रेको पाँचखाल नगरपालिकास्थित भविश्य उज्वल प्राथमिक विद्यालयमा १७औँ मित्रता दिवसको अवसरमा आज  निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरको उद्घाटन काभ्रे पाँचखाल नगरपालिकाका प्रमुख सूर्यमायन दनुवारले गरेका थिए । शिविरले स्वास्थ्य सेवा नपुगेका ग्रामीण क्षेत्रमा राहत दिएको उनले बताए ।

उनले नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र बालबालिकाको क्षेत्रमा पाकिस्तान सरकारले दिएको सहयोगको पनि प्रशंसा गरे । यसै अवसरमा दुतावासका कार्यवाहक (एआई) अमिर अलीले स्वास्थ्य शिविरले दुई देशका जनताबीचको सम्बन्धलाई चिरस्थायी बनाउने र शिविरको सफलताको शुभकामना व्यक्त गरे ।

ग्रामीण भेगका महिला, ज्येष्ठ नागरिक र बालबालिकाहरु यस किसिमका शिविरबाट लाभान्वित भएका छन्  । 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal