आज :

यू-१९ क्रिकेटः नेपाल २०२४ मा हुने विश्वकपमा छनोट भएपछि खुशीयाली

  • अनलाइन डबली

काठमाडौँ । विश्वकपमा छनोट भएपछि नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी खुशी भएका छन् । विहीबार यू–१९ क्रिकेट अन्तरगत नेपालले यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । नेपालले दिएको १९२ रनको लक्ष्प यूएईले पार पार गर्न सकेन ।

यूएईले ४८ ओभरमा १८५ रन मात्रै जोड्न सक्यो । नेपालले यूएईलाई ७ रनले हराएसँगै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट छ ।

नेपाल ८ बर्षपछि यू-१९ विश्वकपमा छनोट भएको छ । योसँगै नेपाल नेपाल समग्रमा आठौँपटक यो प्रतियोगिताका लागि छनोट भएको हो । यूएईस्थित इडेन गार्डेन ओभल अज्मान मैदानमा भएको थियो ।

यसैबीच खेलकुद परिषद्ले खेलाडीलाई जनही एकलाख दिने घोषणा गरेको छ ।

नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् । युएईका इथान डी सोल्झाले सर्वाधिक ५० रन बनाए । त्यस्तै अर्यान्श शर्मा ३२ रन बनाए ।

नेपालका लागि दिपेश कँडेलले पाँच विकेट लिँदा सुवास भण्डारी र हेमन्त धामीले दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे । नेपालका लागि दिपेश कँडेलले १५ रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरे । बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिए । त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal