आज :

सांसद डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी

  • अनलाइन डबली

काठमाण्डाै । खाना पकाउने ग्यास सिलिण्डर विस्फाेटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुर अस्पतालका डाक्टरको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईमा रहेको नेशनल बर्न अस्पताल लैजाने तयारी गरिएको उहाँका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो ।

आमा हरिकलालाई भने आईसीयूबाट निकाल्न नमिल्ने भएकाले सांसद भण्डारीलाई मात्रै भारत लैजाने तयारी भएको छ । यसअघि भण्डारीले आफ्नो उपचार स्वदेशमै गर्न आग्रह गर्नु भएको थियो । तर, उपचार सम्भव नभएकाले भारत लैजाने तयारी भएको हो ।

कीर्तिपुर अस्पतालले बिहान विज्ञप्ति निकालेर दुवै जनाको स्वास्थ्य अवस्था जटिल रहेकाले देश बाहिरको सुबिधा सम्पन्न अस्पताल लैजान सिफारिस गरेको थियो । अस्पतालको जलन उपचार विभागका प्रमुख डाक्टर किरण नकर्मीका अनुसार सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडा गरी शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको छ ।

ग्यास लिक भएको अनुमान गरिए पनि विस्फोट के कारणले भयो भन्नेबारे खुलेको छैन । नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal