आज :

केन्द्रीय मानन्धर संघले ७० औं स्थापना दिवस मनायाे

  • बुद्धशरण शाही
पुस २८ , काठमाडौँ  ।  केन्द्रीय मानन्धर संघले ७० अाैं स्थापना दिवस मनाएको छ । न्यूराेडस्थित पाक्व पुखुद्यां मानन्धर सनाः खलःकाे गुठी घरमा संघका संस्थापक सभापति भाजु देवीदास मानन्धरलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न गरेकाे हाे । केन्द्रीय मानन्धर संघ देशभरकाे सामुदायिकतर्फ सबभन्दा जेठाे संस्था हाे । मानन्धरहरू संगठित भइसकेपछि क्रमशः मारवाडी, गुरूङ, चित्रकार, प्रजापति, महर्जन, डंगाेल, शाक्य बज्राचार्यलगायतकाे समुदाय संगठित भएको इतिहास छ । अाजभन्दा ७० वर्षअघि अर्थात २०१० माघ १० गते शनिबार दैसाः टाेल तःबहिलका भाजु देवीदास मानन्धरले काठमाडौंका नाै वटा टाेलमा सघन बसाेबास रहेका मानन्धरहरूलाई भेला गरेर संघ स्थापना गर्नुभएको हाे । त्यसपश्चात संघलाई बिस्तार गर्ने क्रममा अाजकल संघमा देशभरका विभिन्न जिल्ला समेटेर ५८ वटा गुथि, खलः, पुचः, समूह अावद्ध रहेकाे छ ।
कार्यक्रममा प्रबुद्ध व्यक्तिकाे रूपमा संघले सम्मान दिएका मध्ये दक्षिण एशियाली खेलकुद अन्तर्गतकाे दाैड प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएका भाजु बैकुण्ठ मानन्धर, ललितकला क्याम्पसका पूर्व कुलपति किरण मानन्धर, बाैद्ध धर्मका अध्येता तथा ई. गुहेश्वरी राज मानन्धर, शिक्षासेवी वसन्त कुमार मानन्धर, समाजसेवी पञ्चकुमारी मानन्धरसँगै पुरानाे कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई सहभागी गराएको थियाे ।
केन्द्रीय मानन्धर संघका सभापति वीरगन्ज पर्साैनीका भाजु मनाेज कुमार मानन्धरकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपसभापति बद्रीनारायण मानन्धरले आैपचारिक रूपमा स्वागत गर्नुभएको थियाे । स्वागतसँगै मन्तव्य राख्ने क्रममा भाजु मानन्धरले २०७९ माघ २४ व २५ गते हुँदैगरेकाे ईहि मुना कार्यक्रममा बेलबिबाह गराउनुपर्ने बालिकाहरूलाई सहभागी गराउन अाग्रह गर्नुभयाे । संघले सार्वजनिक गरेकाे सुचनामा उल्लेख भएकाे निर्धारित समयमै अाअाफ्ना बालिकाहरूकाे नाम दर्ता गर्न अाह्वान समेत गर्नुभयाे ।
नाेट: कार्यक्रमकाे लागि ठाउँ उपलब्ध गरेर खाजा/समय्‌बजिकाे व्यवस्था गरिदिनु भएकाेमा कजि भाजु माइलाकाजी मानन्धर र पाक्व पुखुद्यां सनाः खलःका सम्पूर्ण सदस्यहरूप्रति अाभारी छाैं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal