आज :

कर्णाली जलस्रोत लिमिटेडको साधारण सभा सम्पन्न, साउन पहिलो हप्ता बिजुली बल्ने (भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौँ । कर्णाली जलस्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर रावतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

साधारण सभामा अध्यक्ष रावतले कर्णाली जलस्रोत लिमिटेडको साहयक कम्पनी हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्टमार्फत लगानी भइरहेको ‘माथिल्लो चौरी खोला जलविद्युत आयोजना’ को काम तीब्र गतिमा निर्माण भइरहेको जानकारी दिए । राष्ट्रिय बाणिज्य बैंकको अगुवाईमा कृषि विकास बैंकले समेत लगानी गरेको उक्त आयोजनाबाट अगामी साउन पहिलो हप्ता बिजुली बाल्ने गरी काम भइरहेको रावतले बताए ।

काभ्रेमा निर्माण भइरहेको ६ मेगावाटको उक्त आयोजनाको इलेक्ट्रो मेकानीकल सप्लायर छनोट भई एलसी खोल्ने काम समेत सम्पन्न भइसकेको साधारण सभामा जानकारी दिइएको छ । त्यस्तै हाइड्रो मेकानिकल सप्लाईको लागि एलसी खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने प्रसारण लाइनको सर्भे लाइसेन्स लिएर प्रतिवेदन तयार भएको र निर्माण अनुमित लिने प्रक्रियामा रहेको हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुङले जानकारी दिए ।

उक्त आयोजनामा अनुमानित लागत ११२ करोड रहेकोमा ३५ प्रतिशत लगानी कम्पनीले र बाँकी ६५ प्रतिशत लगानी राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले गरेका छन् ।

त्यसैगरी कर्णाली जलस्रोत लिमिटेडका शेयरधनीकै लगानीमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईने मंगले क्षेत्रमा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजनाको काम पनि सुरु गरिएको अध्यक्ष रावतले साधारण सभामा जानकारी दिए । नेपाल विद्युत प्राधिरकणसँग विद्युत खरिद सम्झौता र विद्युत विकास विभागसँग उत्पादन इजाजतको लागि अन्तिम चरणको काम भइरहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

शेयरधनीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष रावतले भनेकै समयमै काम सक्ने गरी काम भइरहेको बताउँदै लगानी थप्न अनुरोध समेत गरे । कर्णाली जलस्रोतका ४२१ शेयरधनी पुगेका छन् ।

अध्यक्ष रावलको उद्घाटन गरेको साधारणसभामा शेयरधनीलाई संचालक समिति सदस्य अमरनारायण मालीले गरेका थिए भने संचालक समिति सदस्य भैरव बोहराले संचालन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal