आज :

चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन, सीमाभन्दा बढी कर्जा लिने ऋणीलाई समायोजन गर्न साढे २ वर्षको समय

  • अनलाइन डबली

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ ।

आज समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर भर्चुअल माध्मयममार्फत गरिएको पत्रकार सम्मेलनमा राष्ट्र बैंकले मार्गदर्शन संशोधन भएको जनाएको हो ।

त्यस्तै, तोकेको सीमा भन्दा बढी कर्जा प्रयोग गर्ने ऋणीलाई उक्त सीमाभित्र ल्याउनका लागि साढे २ वर्षको समय दिएको छ ।बुधबार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लाई संशोधन गर्दै सीमा भन्दा बढी रहेको कर्जालाई आवधिक कर्जामा रुपान्तरण गरी ५ किस्तामा भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले विशेष गरी ५ वटा बुँदा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भटट्ले जानकारी दिए । उनका अनुसार सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा ५ किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन भएको छ । यो कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण भने नहुने राष्ट्र बैंकले बताएको छ ।

यसरी समायोजन गरेको कर्जालाई पुनरसंरचना नहुने र आवाधिक कर्जाको रुपमा गर्नुपर्ने साथै कुनै पनि प्रकारको नोक्सानी व्यवस्था पन गर्नुपर्ने पण्डितले बताए । कुनै ऋणीले साढे २ वर्ष भन्दा अगाडि नै समायोजन गर्छ भने त्यसमा प्रिपेमेन्ट चार्ज नलाग्ने उनले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal