आज :

नेपाल सेल्स मिसन मलेसिया सम्पन्न

  • अनलाइन डबली

नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम, नेपाल टुरिजम बोर्ड र नाटाको संयुक्त आयोजनामा मिति १६ डिसेम्बर २०२२ मा क्वालालाम्पुर र १९ डिसेम्बर २०२२मा पेनाङ्गमा हवाई सेवा तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम  नेपाल सेल्स मिसन मलेसिया  सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेस राज अधिकारीले कार्यक्रममा सम्बोधन गर्नुहुदै नेपालमा मेलेशियन पर्यटक भित्याउन  मलेशियाका पर्यटन व्यवसायीहरुलाई आव्हान गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहजीकरणका कार्यहरु गरिने बताउनु भयो । नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.धनन्जय रेग्मीले मलेशिया तथा नेपालका पर्यटन व्यवसायी र नेपाल वायुसेवा निगम संग सहकार्य गरी बिक्री योग्य प्याकेजको डिजाइन गरी यसको प्रवद्र्धन गरिने कुरा बताउनु भयो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल सरकारले पर्यटक भित्रायाउन योजनामा महत्वपूर्ण खम्बाको रुपमा काम गर्ने र यसबाट समग्र नेपालको आर्थिक विकासमा योगदान पु¥याउनुका साथै विदेशी मुद्रा आर्जन गर्न सकिने कुरा उल्लेख गर्नुभयो ।
त्यसै गरी मिति २० डिसेम्बर २०२२ मा क्वालाम्पुरमा Agent Sales Meet & Interaction  कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा निगमको कार्यकारी अध्यक्षले निगमको भावी योजना बताउदै मलेशिया सेक्टरमा उडान संख्या बृद्धि गर्ने योजनाका साथै एजेन्टबाट आएका पृष्ठपोषणहरुको संवोधन गरिने कुरा बताउनु भयो । साथै निगमका सेल्स एजेन्टहरुलाई Souvenir  प्रदान गर्नुका साथै Lucky Draw  मार्फत क्वालालाम्पुर काठमाडौं, काठमाडौं क्वालालाम्पुरको टिकट प्रदान गरिएको थियो । उक्त मलेशिया  Sales Mission तथा Agent Sales Meet & Interaction कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष, संस्थागत विभाग र बजार व्यवस्था विभागका उप–निर्देशकहरुको साथै निगमका क्वालालाम्पुर स्टेशनका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
यसैको सिलसिलामा नेपाल वायुसेवा निगम र मलेशिया स्थित नेपाली दूतावासबीच नेपाल वायुसेवा निगमलाई प्रवद्र्धन गर्न दूतावासको वेवसाइटमा निगम सम्वन्धि जानकारी राख्ने र विभिन्न शहरहरुमा संयुक्त प्रवद्र्धनात्मक कार्यक्रम गर्ने सम्झौता भएको थियो भने मलेशियाको पर्यटन मन्त्री, नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा नेपाल वायुसेवा निगमका अध्यक्ष बीच पर्यटन प्रवद्र्धनका सम्वन्धमा छलफल तथा भेटघाट कार्यक्रम भएको थियो ।
निगमले व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले समय समयमा यस किसिमको कार्यक्रममा सहभागिता जनाउनुका साथै अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । निगमले प्रत्यक्ष रुपमा आफ्ना सेल्स एजेन्ट, ग्राहक तथा निगमको सेवा प्रवाहमा सहयोगी भूमिका प्रदान गर्ने दूतावास, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा भएको एवं हुने यस प्रकारको उपस्थितिले निगमको बिक्री प्रवद्र्धन अभिबृद्धिमा उल्लेख्य भूमिका रहेको बिश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal