काठमाडौं । मतदानाका क्रममा रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ ।
गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्ष सुनिल मल्लले जानकारी दिए ।
मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्तकाललाई मतदान स्थगित भएको छ ।
यता तनहुँको घिरिङ गाउँपालिका-१ मा प्रहरीले पक्राउ गरेका दुईजना एमाले कार्यकर्तालाई रिहा गर्ने सहमति पछि घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि केन्द्रमा मतदान सुरु भएको छ ।
त्यहाँ साढे ९ बजेपछि मात्र मतदान सुरु भएको हो । हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको थियो ।
त्यसको विरोधमा एमालेले मतदान सुरु गर्न दिएको थिएन् । पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि भने मतदान सुरु भएको छ । फाइल तस्विर: गुगल