आज :

रौतहटको मतदान केन्द्रमा गोली चल्यो, मतदान ठप्प, यस्तो छ कारण !

  • अनलाइन डबली

काठमाडौं । मतदानाका क्रममा रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ ।

गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्ष सुनिल मल्लले जानकारी दिए ।

मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्तकाललाई मतदान स्थगित भएको छ ।

यता तनहुँको घिरिङ गाउँपालिका-१ मा प्रहरीले पक्राउ गरेका दुईजना एमाले कार्यकर्तालाई रिहा गर्ने सहमति पछि घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि केन्द्रमा मतदान सुरु भएको छ ।

त्यहाँ साढे ९ बजेपछि मात्र मतदान सुरु भएको हो । हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको थियो ।

त्यसको विरोधमा एमालेले मतदान सुरु गर्न दिएको थिएन् । पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि भने मतदान सुरु भएको छ । फाइल तस्विर: गुगल

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal