आज :

काठमाडौं–२ का जनसमुदायले छोरी, चेली, दिदी बहिनीको रुपमा लिनुभएको छः अनसरी (अन्तरवार्ता)

  • अनलाइन डबली

काठमाडौं । नेपालको पहिलो महिला सभामुख हुन ओनसरी घर्ती । रोल्पा जिल्लाको जंकोट –१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा वि.सं. २०३४ कार्तिक २८ गते जन्मनु भएकी घर्ती सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचि राख्ने पढाइमा पनि उत्तिकै तेज थिइन्र । औपचारिक रूपमा माध्यमिक तहसम्मको अध्ययन पुरा गरेपछि राजनीतिमा सक्रिय भइन् ।

२०४६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएकी घर्ती २०४८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य हुँदै तत्कालिन नेकपा (एकता केन्द्र)को पार्टी सदस्यता भएर काम काम गरिन् । माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रोल्पाबाट दलमा आबद्ध हुने थोरै महिला लडाकुमध्ये घर्ती एक हुन् । २०५२ मै माओवादी नेता वर्षमान पुनसँग जनवादी प्रेम विवाह गरेकी घर्ती रोल्पा होलेरी चौकी आक्रमणमा लडाकुका रुपमा सहभागी हुँदै जनयुद्धमा भूमिगत जीवन बिताइन् ।

नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख भइन् । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभएकी घर्ती २०७२–०७४ सम्म सभामुख भइन् । २०७० को संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित भएकी घर्ती ०६४ र ०७० मा समानुपातिक सांसद बनेकी थिइन् । हाल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य घर्ती मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् ।

देशको विकास र समृद्धिलाई आफ्नो प्रमुख एजेण्डा रहेको बताउने घर्तीसँग पुष्पा महराले गरेकाे कुराकानीकाे अंशः

तपाईँ नेपालको पहिलो महिना सभामुख । तपाईँको कार्यकालमा गर्नुभएका राम्रा कामहरु केके हुन् ?

मैले मेरो कार्यकालमा एक सय भन्दा बढी कानुनहरु निर्माण भयो । म सभामुख भएका बेला मेरो विशेष पहलमा महिला हकहित तथा संघ÷प्रदेश र स्थानीयको आवश्यकताका आधारमा कानुन परिमार्जन गरियो । वर्षाेदेखि जरा गाडेर बसेको मुलुकी ऐनलाई परिमार्जन गर्न सकियो । मौलिक हकसम्बन्धी विभिन्न कानुन निर्माण भयो । उत्तम कुरा त महिला हक हितका लागि कानुन निर्माण गर्न सफल भएँ । महिलाको ४० प्रतिशत सहभागिता, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखमा एक महिला नै हुनुपर्ने भन्ने मेरै बेलामा भएको हो । त्यस्तै पैतृक सम्पत्तिमा जम्नसिद्ध छोरा सरह छोरीको पनि समान हक हुनुपर्ने व्यवस्था ल्याइयो ।

तपाईँका चुनावी एजेण्डाहरु केके छन् ?

हरेक तह र तप्काका जनसमुदायको भावनालाई सम्बोधन हुने गरी कानुन निर्माण गर्ने । विकास निर्माणका सवालमा जनताको पहुँच सरकारसम्म पु¥याउनेछु । . स्थानीय तवरमा शंखरापुर नगरपालिकालाई पर्यटकीय नगरी बनाउने छु । कागेश्वर मनोहरालाई स्पोर्ट सिटी बनाउने र काठमाडौं महानगरपालिकभित्र पर्ने वडा नं. ९ र ३२ को शहरलाई कोर सिटी अर्थात सफा, सुन्दर र गुणस्तरीय विकास गराउने छु । यस क्षेत्रमा रहेका करिडोरको समस्यादेखि जग्गा एकीकरणको समस्या, मुआब्जाका समस्यालगायत विभिन्न समस्याहरु समाधानका लागि पहल गर्नेछु । जनताको गाँस बास र कपासको व्यवस्था तथा जनताको दैनिक जीवनमा आईपर्ने खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सुधारका लागि विशेष पहल गर्नेछु ।

यस क्षेत्रको मुख्य समस्याहरु के के छन् ? तपार्इँले जित्नुभएपछि ति समस्या समाधान गर्नुहुने छ ?

यहाँ मुख्यतः बाटोको समस्या छ । त्यस्तै यहाँ खानेपानीको बिकराल समस्या छ । जहाँ मेलम्चीको पानीको पहुँच नपुगेको स्थान पनि छ, सुन्दरी जलको पहुँच नभएको स्थान पनि छ । अव्यवस्थित करिडेर, अव्यवस्थित ढल निकास तथा जग्गा एकीकरणको कुरा समयमै कार्यान्वयन नहुँदा जनतामा समस्यामा छन् । त्यस्तै सफा सुन्दर र गुणस्तरीय विकास हुनुपर्ने जनताको माग छ । नजिकै रहेको शिवपुरी वन्यजन्तु आरक्षणबाट जंगली जनावरहरु आएर मानिसलाई क्षति पु¥याउने समेत गरेका छन् । त्यसको व्यवस्थापन समेत गर्नुछ ।

तपाईँ रोल्पाको मान्छे, किन काठमाडौंबाट चुनाव लड्ने निर्णय गर्नुभयो ?

मेरो उम्मेदवारी महिलाहरुको प्रतिनिधित्व र प्रोत्साहन स्वरुप हो । त्यस्तै मेरो पार्टी र गठबन्धनले यस क्षेत्रमा नै महिला उम्मेदवार हुनुपर्छ भनेर निर्णय ग¥यो । त्यस्तै एक राजनीतिज्ञका लागि भुगोलको सीमा हुँदैन । जनताको सेवा जहाँ गएर पनि गर्न सकिन्छ । म पनि जनताको सेवा गर्न तम्तयार भएकी हुँ । मलाई अवसर दिनुस् । म गरेर देखाउनेछु ।
अर्काे कुरा काठमाडौं भनेको विज्ञ र वृद्धिजिवीहरुको बसोबास रहेको स्थान पनि हो, यहाँ उनीहरुसँगै बसेर काम गर्दा सिकेका ज्ञानहरुलाई मैले रोल्पा मात्रै होइन, देशैभरी बाँड्न सक्छु ।

यो निर्वाचनमा माओवादीलाई नै मत किन दिने ?

यस पटक जनताले मेरो गठबन्धनलाई मत दिनुपर्छ । हामी प्रतिगमनको विरुद्धमा र परिवर्तनको पक्षमा उभिएका छौं । संविधानको रक्षा र स्थिर सरकार बनाउँदै जनताको समृद्धिको लक्ष्य राखेका छौं । परिवर्तन खोजिरहनु भएका जनताले गठबन्धनलाई भोट दिनुहुन्छ । त्यस्तै यो पटक महिलालाई भोट दिनुहोस् भन्न चाहन्छु । महिला कमजोर छैनन् । काम गर्न सक्छन् भन्ने म प्रमाणित गरिदिनेछु ।

आम मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

जनसमुदायहरुले मलाई निकै स्वागत गर्नुभएको छ । उहाँहरुले आफ्नै छोरी, चेली, दिदी बहिनीको रुपमा लिनुभएको छ । समुदायहरुसँग हाम्रो छलफल हुन्छ । त्यसबेला उहाँहरुको तर्फबाट पनि केही प्रश्नहरु आउँछन्, म त्यसको जवाफ दिन्छु र उहाँहरु मबाट निकै आशावादी पनि हुनुहुन्छ र मलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । २ नम्बर क्षेत्रका बासीमा एक प्रकारको उत्साह छ ।

चुनाव जित्नेमा कत्तिको विश्वास छ ?

चुनाव जित्नेमा म ढुक्क छु । उसैपनि गठबन्धनको मतले हामी धेरै माथि छौ । त्यस्तै चुनावी प्रचार प्रसारमा जनताको प्रतिक्रियाले पनि हामी निकै अगाडि छौं ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal