आज :

शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीलाई थप सुदृढ बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

  • अनलाइन डबली

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद्का समयमा खोज तथा उद्धारदेखि शान्ति सुरक्षा र अमनचयन कायम गर्न नेपाल प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै शुक्रबार  मुख्यमन्त्री भट्टले साइबर अपराधलगायत समाजमा बढ्दै गएका विभिन्न आपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरण गर्न नेपाल प्रहरीलाई थप सुदृढ, सक्षम र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका अनुकरणीय रहेको उल्लेख गर्नुभयो।

बदलिँदो समयसँगै अपराधका स्वरूपमा समेत परिवर्तन भइरहेकाले त्यसको प्रभावकारी नियन्त्रणका लागि प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा आवश्यक स्रोतसाधनको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकार सुरक्षाकर्मीको क्षमता अभिवृद्धि गर्न तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन सदैव तत्पर रहेको बताउनुभयो। प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सुरक्षा निकायलाई थप बलियो, व्यवस्थित र स्रोतसाधन सम्पन्न बनाउन आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो। समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले निर्वाह गर्दै आएको जिम्मेवारीको प्रशंसा गर्दै मुख्यमन्त्री भट्टले आगामी दिनमा पनि नागरिकको सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रहरीको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal